• शनिबार ७-१४-२०८३
  • 10:10:10

कपिलवस्तुको बिजयनगरमा भैसी श्रोत केन्द्र संचालन गरिने

कपिलवस्तु कार्तिक २८ ।
कपिलवस्तुको बिजयनगर गाउपालिकामा लुम्बिनी प्रदेश सरकारको सहयोगमा भैसीको श्रोत केन्द्र संचालनको तयारी गरिएको छ । त्यसका लागि गाउपालिकाले सय बिघा क्षेत्रफल समेत छुट्टाएको जनाईएको छ । गाउपालिका प्रमुख प्रशासयिक अधिकृत गोबिन्द भट्राईका अनुसार भैसी श्रोत केन्द्र र प्रत्यके वडामा बिउ बैक स्थापना गर्ने योजना समेत रहेको छ । लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेलले कपिलवस्तुका सञ्चारकर्मी संग कुरानकानी गर्दै कपिलस्तुलाई आप लिची लगायतको फलफुलको हवका रुपमा बिकास गरिने पनि सुनाउनुभयो । उहाका अनुसार यस्तै कृषकहरुका लागि आलु प्याज, लशुन, बाख्रा मिशन कार्यक्रम समेत संचालन गरिने छन ।

भुमीहीन हलीया कमैया कृषकहरुलाई लक्षित गरी प्रदेश सरकारले १ सय ९ वटा पालिकामा करार खेती संचालन गरिने मन्त्री पौडेलले बताउनुभयो । यस्तै युवाहरुलाई लक्षित गरी कमाउदै पढदै कार्यक्रम समेत संचालन हुने छ । मन्त्री पौडेलले कृषिको सहजीकरणका लागि पालिकामा हरित स्वयमसेवक समेत नियुक्त गरिएको बताउनुभयो । प्रदेश कृषी मन्त्री पौडेलले बाणगंगाको भलवाडमा सञ्चालित स्मार्ट कृषी कार्यक्रम, तौलिहवाका माहुरी पालक किसानको माहुरी चरणका कार्यक्रम, कृषी ज्ञान केन्द्र तौलिहवामा कृषी प्राबिधीक सँग छलफल, सञ्चारकर्मी अन्तरक्रिया गरे सगै माहाराजगंज र बाणगंगामा सञ्चालित पशु र कृषी कार्यक्रमको स्थलगत अवलोकन गर्नुभएको थियो ।  प्रदेश सदस्य अर्जुन केसीले प्रदेस सरकारले कृषिको विकासका लागि धेरै कार्यक्रम ल्याएकोले कृषि संबन्धी कार्यक्रम वास्तविक कृषकले पाउन्ु पर्नेमा जोड दिनु्भयो । 

प्रतिकृया दिनुहोस
↑