लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक प्रहरीको नियन्त्रणमा ।।
कपिलवस्तु भदौ २७
कपिलवस्तुमा लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा चार जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेस्थित महेन्द्र राजमार्गमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले यात्रुवाहक तथा मालवाहक सवारी साधनका चालकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी चलाएको अवस्थामा चार जना चालकलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ का २३ वर्षीय टेलर चालक लेल बहादुर बिक, प्युठानको मल्लरानी गाउँपालिका–४ का ३८ वर्षीय इभि चालक संजय केसी, अर्घाखाँचीको शितगंगा नगरपालिका–२ का २५ वर्षीय टिपर चालक युवराज खनाल र दाङको राप्ती गाउँपालिका–२ का ३५ वर्षीय फोर्स चालक कृष्णकुमार गुप्ता रहेका छन्।उनीहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट लागुऔषध सेवन कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरू समेत सम्बन्धित धनीको जिम्मा लगाइएको जनाएको छ।













प्रतिकृया दिनुहोस