अर्घाखाँचीमा स्रोत नखुलेको अवैध सालको काठसहित एक अभियुक्त पक्राउ
अर्घाखाँची ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले शितगंगा नगरपालिका वडा नं. ११ लङ्ग्री निवासी अन्दाजी ३० वर्षीय रेसम पल्लीलाई अवैध सालको काठसहित नियन्त्रणमा लिएको छ।विगत लामो समयदेखि चोरी तस्करीका क्रियाकलापमा संलग्न रहँदै आएको विशेष सूचनाको आधारमा पल्लीलाई स्रोत नखुलेको साल जातको चिरान काठसहित पक्राउ गरी हिरासतमा राखिएको हो। यस घटनाको थप अनुसन्धानका लागि वरिष्ठ वन अधिकृत प्रदिप कुमार चौधरीलाई अनुसन्धान अधिकारी तोकिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ।













प्रतिकृया दिनुहोस