• शनिबार ७-१४-२०८३
  • 09:02:03

तरकारि खेतीमा अर्गानिक मल प्रयोग गर्दै किसान


भगवती न्यौपाने कपिलवस्तु चैत २७
पुर्खा देखि नै कृषि पेशालाई  अङ्गालेका कपिलवस्तु यशोधरा गाउँपालिका वडा नम्बर ३ हर्दिहवाका उषादेवी गुप्ताले जैविक मलको प्रयोगबाट तरकारी बालीलाई व्यावसायिक बनाउनु भएको छ । उहाँ अहिले ४० वर्षको हुनुभयो । अहिलेसम्म आफू र आफ्नो परिवारले कृषिलाई नै आत्मनिर्भर बनाएर बसेको बताउनु हुन्छ । उषादेवि भन्नुहुन्छ “धेरै पुस्तादेखी नै कृषिमा नै रम्नुभयो । त्यसैले पुर्खाको पेसामा नै आफू पनि रमाउन सिकेकी छु”
उहाँका श्रीमान र एक छोरा हुनुहुन्छ । एक बिगाहा क्षेत्रफलमा कृषि गर्ने गरेको बताउने गुप्ता ५ कट्ठामा तरकारी खेती गर्नुहुन्छ भने अन्य जग्गामा अन्न उत्पादन गर्नुहुन्छ । गुप्ताले लौका, घिरौला, फर्सी, सिमि, काक्रो,करेला, खुर्सानी लगायतका तरकारी खेतिमा पछिल्लो समय नेशनल बायोटेक संस्थाले उत्पादन गरेको साथी नामको जैविक मलको प्रयोग गर्नुहुन्छ । बायोटेक संस्थाले उत्पादन गरि पठाएको साथी नाम मलले धेरै प्रयोग गर्दा पनि कुनै असर नगर्ने र बेमौसमी तरकारी खेती गर्न पनि सहज हुने उहाँको भनाई ।
रासायनिक मलले माटोको उर्बराशक्ती घटाउने, मात्रा नमिलेर माटोमा असर पर्ने र समयमा प्राप्त गर्न नसकिने हुनाले जैविक मलको प्रयोग गर्ने उहाँको भनाइछ । यो मल प्रयोग गर्दा बालिलाइ कुनै पनि असर नगर्ने , मात्रा मिलाउनु पर्दैन गुप्ताका श्रीमान रामप्रसाद गुप्ता भन्नुहुन्छ
तरकारीबाट आम्दानी पनि राम्रो छ । हामीले तरकारिमा विशुद्ध अर्गानिक मल प्रयोग गर्ने गरेका छौं । बायोटेक संस्थाले उत्पादन गरि पठाएको साथी नामको मलले धेरै प्रयोग गर्दा पनि कुनै असर नगर्ने र बेमौसमी तरकारी खेती गर्न पनि सहज हुने उहाँको भनाइ छ । जसले गर्दा रसानिक मल भन्दा पनि यसको प्रयोगले कृषि र माटोलाई गुणस्तर प्रदान गर्छ ।
कृषि पेसालाइ अङ्गालेका गुप्ता परिवारले स्थानीय तहबाट कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् । पहुँचको भरमा बितरण गर्ने हुनाले आफू पहुँच भन्दा बाहिर रहेकोले सहयोग नपाएको उहाँको गुनासो छ ।
यस्तै ४५ वर्षीया सुनिता यादवमा जोस जागर छुट्टै छ । कृषि पेशा नै आफ्नो सर्वोपरि मान्ने यादवको डेढ बिगाहा जमिन छ । त्यस अन्तर्गत ५ कठ्ठामा मात्रै तरकारी खेती गर्नुहुन्छ । ८ जनाको परिवारलाइ यहि तरकारी खेतिले पालेको छ । अन्य जमिनमा अन्न उत्पादन गर्नुहुन्छ ।
तरकारी खेती गर्दा उहाँले रासायनिक मलको प्रयोग नगरी जैविक मललाइ बढवा दिनुभएको छ । यादव भन्नुहुन्छ ९हामिले रासायनिक मलको सट्टा साथी नामक जैविक मल प्रयोग गर्छौं । किनकी यसको प्रयोगले माटोको उर्बरा शक्ति बढाउनुका साथै मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउछ ।  
तरकारिबाट वार्षिक ६० हजार आम्दानी गरेको बताउदै आफू पछिका सन्ततिलाइ समेत कृषि पेशा नछाड्न अनुरोध गर्नुहुन्छ  । पानीको समस्या अत्याधिक रहने गरेकोले सरकारले वास्तविक किसानको मर्का बुझी सिंचाइको व्यवस्था गरिदिए जग्गा बाझो राख्न पर्ने समस्या समाधान हुने यादवको भनाइ छ ।  
पुर्खौली पेशा कृषि नै अङ्गालेका उषादेवी र सुनिता यादब मात्रै नभएर सोही क्षेत्रका शान्ती वरई, लक्ष्मी तेलि, रामबिलास तेलि लगायतका वास्तविक किसानले विशेषगरि तरकारी खेतिमा रासायनिक मल भन्दा जैविक मलको प्रयोग बढी गर्ने गरेका छन् । यसको प्रयोग गर्दा माटोलाई चाहिने पोषण तत्व प्राप्त हुने हुनाले प्रशस्त गुणस्तरीय तरकारी उत्पादन गर्न सकेका छन् ।
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पर्ने भएकोले शुद्ध अर्गानिक  मलको मात्रै प्रयोग गरेर तरकारी उत्पादन भएको खबर पाएपछी  उपभोक्ताहरुले घरमै आएर खरिद गर्ने गरेको किसानको भनाइ छ । यता न स्थानीय तह, न प्रदेश , न संघ कुनै पनि सरकारको सहयोग नपाएको गुनासो छ ।
यशोधरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सरिता त्रिपाठिले  कृषकहरुले पशुपालन पनि गर्ने गरेकोले जैविक मल प्रयोग गर्नुका साथै आवश्यकता अनुसार वडाले पनि मल, बीउ बिजन बितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो  “वास्तविक किसानलाइ वडा र पालिकाले सहयोग गरेको छ । विभिन्न सङघ संस्थाले समेत मल , बीउ बिजन बितरण गर्ने हुँदा केही राहत भएको महसुस गरेका छौँ ।”
यता नेशनल बायोटेक संस्थाका अभियान्ता शिरोमणि ढुंगानाले रासायनिक मलको प्रयोगबाट माटोको उर्बराशक्ती घट्ने र मानव स्वास्थ्यमा समेत असर पर्ने भएकोले वास्तविक किसानहरुलाइ साथी नामको जैबिक मल उत्पादन गरेर परिक्षणका लागि बितरण गरिएको बताउनुभयो ।
जैबिक मल कृषकहरुले आफै उत्पादन गर्न सक्ने भएतापनि प्राबिधिक समस्याले आवश्यक तत्व पूरा गर्न कठिन हुने हुनाले संस्थाले पहिलो चरणमा कपिलवस्तु र रुपन्देहीमा परिक्षणका लागि पठाएको उहाँको भनाई छ ।रासायनिक मल समयमा प्राप्त गर्न कठिन हुने, माटोले प्राप्त गर्नुपर्ने तत्व पनि मनग्य रुपमा नपुग्ने र मानव स्वास्थ्यमा समेत असर गर्ने हुनाले  बिकल्पको रुपमा जैबिक मल प्रयोगमा ल्याइएको ढुंगाना बताउनुहुन्छ । ढुंगाना भन्नुहुन्छ यो मलमा माटोलाइ चाहिने पोषण तत्वहरु प्रयाप्त भएकोले उत्पादन बढ्छ ।  बजारमा अर्गानिक तरकारिको माग बढेको हुँदा अर्गानिक उत्पादन गर्नको लागि यो मल प्रयोग गर्न किसानहरुलाइ संस्थाका अभियान्ता ढुंगानाले आग्रह गर्नुभयो ।
बर्सेनि किसानलाई खेती लगाउने बेलामा कहिले पानीको अभाव त कहिले मल, बिउबिजनको अभाव झेल्नुपरेको अवस्थामा साथी नामको मल उत्पादन गरि बितरण गरेर संस्थाले किसानलाइ थोरै भएपनि राहत दिएको छ । राज्यले मुलुकभित्रै स्वरोजगार तथा रोजगारीका अवसरहरु सिर्जना गरी बेरोजगारी समस्या हल गर्नको निम्ति दीर्घकालीन कृषि नीतिको तर्जुमा महत्पूर्ण मानिएको छ । सक्रिय सहभागिता, बलियो आधार र दिगो पेसा बनाउनको निम्ति किसानको आवश्यकतामा आधारित रहेर कृषि पूर्वाधारको विकासमा जोड दिनुपर्छ ।  राज्यले सही समयमा उपयुक्त तरीकाले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादन ,व्यबस्थापन र प्रयोगमा उपयुक्त रणनीति बनाएर किसान र कृषिका समस्या समाधान गर्नसके नेपालको अर्थतन्त्र बलियो बन्नेछ ।
 

प्रतिकृया दिनुहोस
↑