कपिलवस्तुमा बन्ने भयो पत्थरदेइया स्वास्थ्य चौकी भवन ।।
कपिलवस्तु, कार्तिक २६ — कपिलवस्तुको विजयनगर गाउँपालिका–३ पत्थरदेइयामा अवस्थित पत्थरदेइया स्वास्थ्य चौेकीको भवन बन्ने भएको छ । भारतीय दूतावासको सहयोग र विजयनगर गाउँपालिकाको साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माणका हुन लागेको हो ।२ करोड ३० लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए । उनले सोमबार सम्झौता–पत्रमा हस्ताक्षर गरिएको बताउँदै गाउँपालिकाको अथक प्रयासबाट स्वास्थ्य चौकी भवन निर्माणका लागि बजेट सुनिश्चित भएको बताए ।अध्यक्ष थापाले संघीय मामिला मन्त्रालयमा सोमबार सम्पन्न कार्यक्रममा भवन निर्माणका लागि सम्झौता गरिएको बताए । भवन निर्माण पश्चात् नागरिकलाई स्वास्थ सेवा प्रदान गर्न सहज हुने बताए ।जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै आएकोमा भवन निर्माणका लागि बजेट सुनिश्चित भएपछि स्थानीय नागरिक खुसी भएका छन् । यस सम्झौताले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्तसमेत गरेका छन् ।













प्रतिकृया दिनुहोस