• शुक्रबार ७-१३-२०८३
  • 07:38:40

लोकप्रिय गायक खुमन अधिकारिका धमाधम तिज गित बजारमा सार्वजानिक 

असार ,१७ काठमाण्डौ– 
लोक तथा दोहोरी गायक खुमन अधिकारिका यो बर्षका तीज गीत निरन्तर सार्वजानिक हुने क्रम जारी रहेको छ । यसैबिच भईरहेका छन सबैका लोकप्रिय गायक अधिकारिले अब होला केहि बोलको गीत बजारमा आईसेकेको छ । छोटो समयमै अत्याधिक धेरै दर्शकले रुचाएको यो तिज गीतमा गायक अधिकारि शिव जी को रुपमा प्रस्तुत हुनुभएको छ भने भने मोडल अन्जली अधिकारि पार्वतीको रुपमा भूमिका निर्वाह गर्नुभएको छ ।

No description available.उक्त गीतमा शान्ति श्री परियारको पनि स्वर रहेको छ । खुमन अधिकारिको केहि दिन अगाडीमात्र मरिन्छ कि साईलो बोलको गीतमा स्वरसंगै अभिनय गर्नुभएको थियो । उक्त गीतले बजारमा दर्शकको राम्रो माया पाईरहेको छ । अहिलेको समसायिक परिस्तिथिलाई समावेश गरेर निर्माण गरिएको यो गितमा गायक खेम सेन्चुरी ,बिमालराज छेत्री ,राधिका हमाल ,जानुका तामाङ्गको पनि स्वर रहेको छ । गायक खेम सेन्चुरीको संगीत रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ।गीत जानुका तामङ्गको अफिसियल युटुबमार्फत बजारमा आईसकेको छ । 

प्रतिकृया दिनुहोस
↑