आगामी वर्षमा एक लाख युवालाई रोजगारीः मन्त्री विष्ट


२५ असार, काठमाडौं । 
सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने दाबी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदःयहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच र्पुयाइने बताउनुभएको छ ।
उहाकाअनुसार स्थानीय तहमा खोलिदे रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ । त्यसको निश्चित समयमा सरकारले उनीहरुलाई रोजगारीको अवसरहरु दिनेछ । आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टले बताउनुभयो ।
रेमिट्यान्सलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवःिथत बनाउनेतर्फ सरकार सचेत रहेको उहाले जानकारी दिनुभएको छ ।
 

प्रतिकृया दिनुहोस