‘चि मुसी चि’को ट्रेलर सार्वजनिक

असार १८,काठमाण्डौँ

चलचित्र ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताद्वय सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर देखाईएको छ । तर, अभिनेत्री अलिशा शर्माको भूमिका भने ट्रेलर हेरेर अनुमान लगाउन सकिदैन् । दिनेश श्रेष्ठले निर्देशन गरेको यो चलचित्र साउन ११ गतेबाट अल नेपाल रिलिजको तयारीमा छ । अभिनेता सुनिल र अभिनेत्री अलिशाले यसै चलचित्र मार्फत फिल्मी दुनियाँमा डेब्यू गर्दैछन् । 

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।
 

प्रतिकृया दिनुहोस