कृषि मन्त्री कै गृह जिल्लामा मलको चरम अभाव 

कपिलवस्तु १८ पुस-
गृह जिल्लाका कृषि मन्त्री चक्रपाण्ी खनालले जिल्लाका बिभिन्न स्थानमा मलखादको अभाव कुनै हालमा हुन दिन्न भन्दै धेरै पटक धेरै ठाँउमा प्रतिबद्धता सहीतको भाषण सुनेर कृषकहरु धेरै खुशी भएका थिए । तर मन्त्रीको प्रतिबद्धता भाषणमै सीमित भएपछि जिल्लाका कपिलवस्तुका कृषकहरु चिन्तीत बनेका छन । अहिले कृषि मन्त्री ज्यु खै कहा छ मल भन्दै प्रश्न गर्न थालेका छन । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाण्ी खनालको गृह जिल्ला कपिलस्तुमा अहिले मलखादको चरम अभाव भएको छ । जसले गर्दा किसानहरु समस्यामा परेका छन् । 

जिल्लामा एक महिना बढी देखि युरिया मलको अभाव भएको हो । बिउको समेत अभाव झेलको कृषकहरुले जेनतेन गहुको बीउ जाहो गरी खेतमा छरेका थिए अहिले चाहिने बेलामा मल नपाई पछि उनीहरु मर्कामा परेका छन । गहु  खेतमा मल हाल्ने सयम बित्न लाग्दा समेत युरिया मल नपाएर कृषकहरु मर्कामा परेका हुन । मलका लागि कृषकहरु बजार र कृषि सामाग्री कम्पनी लिमिटेडमा दिनहु धाउने गरेको गरे पनि नपाएर रित्तो हात फर्कन थालेका छन । कपिलवस्तु नगरपालिका– ३ बरन्डीहवाका कृषक राका यादवले युरिया मलको लागि एक महिना सम्म कृषि सामाग्री धाए पनि नपाएको गुनासो गुनसो गर्नु भयो । गहुको बीउ र सिचाईको अभावका बिच बल्लतल्ल खेतमा गहु छरेको उनी आवश्यक सयममा युरिया मल नपाउदा चिन्तित बनेका छन । कृषक यादवले दौडधुप गर्दा पनि मल नपाई पछि ११ सय को हाराहामी प्रति बोरा पाइृने युरिया मल बजारमा १३ सय हालेर किनेको वताउनु भयो । अभाव कै मौका छोपी केही ब्यापारीले भने कालोबजारी समेत गरीरहेको उनले आरोप लगाउनु भयो । 

जिल्लाका १० स्थानीय निकायमा रहेको कृषि सहकारी मार्फत आलोपालो मिलाएर मल बिक्री गर्ने गरिएको छ । जिल्लाको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनी तथा साल्ट्रेडिङ मार्फत ३ सय बढी सहकारी संसथालाई मल उपलब्ध गराईने गरिएको छ । एक महिना देखि युरिया मलको अभाव भएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।  मलको स्टक सकिएको कारण कृषि सामाग्री कम्पनी शाखाका कर्मचारीहरु समेत हैरान भएका छन् । मलका बिषयमा दिनहु थुप्रै कृषकहरु सोधपुछकालागि आउने गरेको कम्पनीको तौलिहवा शाखा प्रमुख दिनेश शर्माले वताउनु भयो ।  गोदाममा ५ मेट्रिक टन मात्र यरिया मल छ । डिएपी भने १ सय ४३ मेट्रिक टन छ । आफनो क्षेत्रमा अहिले २ हजार मेट्रिक टन बढी यरिया मलको माग भएको उहाँको भनाई रहेको छ । टेन्डर प्रकृयामै ढिलाई भएकाले भारतको कलकत्ताबाट मल आउन ढिलो भएको कृषि सामाग्री कम्पनी श्रोतले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस