१५ करोड लगानीमा पहिलो रिसोर्ट 

बिकास थापा कपिलवस्तु १७ पुस ।
कपिलवस्तु जिल्लामा पहिलो पटक १५ करोडको लागतमा सुबिधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । जिल्लाको बाणगंगा नगरपालिका १ ठाकुरापुरका रामु न्यौपाने एकल लगानीमा पिस हिमालय रिसोर्ट यहि पुस १४ बाट सञ्चालनमा ल्याउनुभएको हो । करिब करिब दुई बर्ष लगाएर रिसोर्टको भौतिक संरचना निर्माण गरिएको सञ्चालक न्यौपानेको भनाई छ । २५ कठ्ठा जग्गामा सञ्चालन गरिएको रिसोर्टमा स्विमिङ पूल, जिम हाउस, चिल्डे«न पार्क, फूटसल सहितको हरियाली फुलबारी रहेको छ । होटल सञ्चालनमा आएपनि स्विमिङ पूल पूर्णरुपमा निर्माण भैसकेको छैन । ८ सय क्षमताको बैंक स्विट हल, रेष्टुरेन्ट बार, १२ रुम क्षमताको भिआइपी गेष्ट हाउस रिसोर्टमा रहेको सञ्चालकले जानकारी दिनुभयो । रिसोर्ट सञ्चालनमा आए संगै यहा ४० जनाले प्रत्यक्ष रुपमा रोजगार पनि पाएका छन । 

 
रिसोर्ट सञ्चालकका अनुसार कुक, हेल्फर ,सर्भिस म्यान, सेक्युरेटी गार्ड, लेखापाल, गार्डेन र  क्लिनर राखेर रोजगारी दिइएको छ । अन्य ब्यवस्थित  रिसोर्टमा हुने सबै सेवा सुविधा यो यहा आउने विदेशी तथा स्वदेशी पर्यटकले पाउने सञ्चालक न्यौपानेको भनाई छ।  रिसोर्टमा रहेका सबै कोठा वातानुकूलित रहेका छन । रिसोर्ट परिसरमै चिटिक्क पारिएर बोटबिरुवा रोपिएका छन ।सबै कोठामा एसी, टिभी, वाईफाई लगायतका सुविधाहरु रहेको सञ्चालका न्यौपानेले जानकारी दिनुभयो । पर्यटकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने कुरामा कुनै पनि कसुर बाँकि नराख्ने सञ्चालक न्यौपानेको भनाइछ  । लुम्बिनी संगै  कपिलवस्तु घुम्न आउनेको संख्या बढेसँगै यहाँ सुविधा सम्पन्न होटलको आवश्यकता महसुस गरेर रिसोर्टको निर्माण गरिएको बताईएको छ । गुणस्तरीय सेवा दिन सक्नेले पर्यटनबाट मुनाफा कमाउने प्रसस्त सम्भावना रहेको सञ्चालक न्यौपानेले बताउनुभयो ।भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भए लगतै कपिलवस्तु सहित लुम्बिनी भ्रमणका लागि आउने आन्तरिक तथा बाहय पर्यटकलाई खानबस्नमा बिशेष सुबिधा दिने अपेक्षा राखिएको छ । 

Image may contain: 1 person
रिसोर्ट सञ्चालन संगै बिगतको तुलानामा भन्दा अब पर्यटक संख्यामा बृदि हुने अन्य होटल  ब्यवसायीहरुले बताएका छन । एउटा सफल उद्योगीको रुपमा आफनो छबि बनाउन लागि परेका  रिसोर्ट सञ्चालक न्यौपानेको यो कदमप्रति जीतपुरवासीलेखुसी ब्यक्त गरेका छन । स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकार गरि तिनै तहको सरकारले आफूजस्ता युवा ब्यवसायिलाई आवश्यक प्रोत्साहन गरे देशैकै नमुना रिसोर्ट सञ्चालन गर्ने  उहाको योजना रहेको छ । पर्यटन प्रवर्धन गर्दै कपिलवस्तुलाई देशरभर चिनाउनका लागि रिर्सोटमा सञ्चालन गरेको उहाको भनाई छ । गत शनिबार एक कार्यक्रमका बीच उक्त रिसोर्टको संघिय सांसद अत्तहर कमाल मुसलमान र प्रदेशसांसद बिष्णुपन्थीले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस