सहयोगी हातद्धारा न्यानो कपडा वितरण

कपिलवस्तु चन्द्रौटा पुष १७ । 
सहयोगी हात अभियान द्धारा गरिव विपन्न वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । अभियान्ता दिपक खड्काले शिवराज नगरपालिका वडा न ९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्यानरत २० जना वालवालिकाहरुलाई हुट तथा ट्राउजर वितरण गर्नुभएको हो । सहयोगी हात सवैको साथ भन्ने नारासहित यस वर्ष अभियान संचालन गरिएको छ ।
विगतको वर्षदेखी सामाजिक संजाल फेसवुक मार्फत सहयोगी हात नाम पेजवाट सुरु भएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिने अभियान्ता खड्काले वताउनुभएको छ । खड्कले यस वर्ष ५ वटा विद्यालय तथा वृद्धवृद्धा,अपा¨ता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिने वताउनुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष समेत रहनुभएका खड्काले विगतको वर्ष करिव २ लाख बरावरको न्यानो सामाग्रि वितरण गरिएको स्मरण गराउनुभयो । न्यानो कपडा वितरण गर्दै मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु प्रसाद खतिवडाले सामान्य रुपमा संचालन भएको अभियानले दुखी गरिवलाई ठुलो साहयता भएको जनाउनुभएको छ । खतिवडाले प्रत्येक वर्ष चिसोकै कारणले धेरै बालवालिकाहरुले ज्यान गुमाउने गरेकोले यस्ता अभियानले निरन्तरता पाउनुपर्ने मा जोड दिनुभएको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रध्यनाध्यापक यादव चन्दले विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिनुभएको छ । सामाजिक क्षेत्रमा गरेको यो कार्यलाई प्र अ चन्दले खुलेरै प्रशंसा समेत गर्नुभयोरे । न्यानो कपडा वितरणमा रौतहट जिल्ला चन्द्रनिगाहपुर बस्ने गंगा काष्ठ उद्योगका व्यावस्थापक राजु मैनालीको सहयोग रहेको अभियान्ता खड्काले जानकारी दिनुभएको छ । 

प्रतिकृया दिनुहोस