जन्मदिनमा छात्रबृत्ति वितरण

बिकास थापा कपिलवस्तु पौष १७ ।
अहिले नयाँ पुस्तामा जन्मदिन मनाउने प्रचलन निकै नै लोप्रिय बन्दै गएको छ । जन्म दिनलाई विशेष बनाउने भन्दै महङ्गा पार्टी प्यालेस तथा रेष्टुरेण्टमा साथीभाईहरुलाई जमघट गरि हजारौं खर्चेर जन्मदिन मनाउने परम्परा युवा पुस्तामा माझ प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहेको  देखिन्छ । तर कपिलवस्तुका एक विद्यार्थी नेताले भने पृथक तवरबाट जन्मदिन मनाउने गर्नु भएको छ । बाणगंगा स्थित सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुशील खत्रीले क्याम्पसमा अध्ययनरत अति गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई करिब १० हजार बराबरको छात्रबृत्ति वितरण गरि आफ्नो जन्मदिन मनाउनु भएको छ ।
यहि पोैष १७ गते शुक्रबार आफ्नो २८ औं जन्मदिनकाृ अवसरमा क्याम्पस प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि स्नातक तथा कक्षा ११÷१२ मा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई पठन पाठनमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गर्नु भएको छ । आफु विद्यार्थी समुदायको हक हितमा सदैव क्रियाशील रहनकोलागि नै विद्यार्थी राजनीतिमा आएको हुँदा स्ववियु सभापतिमा निर्वाचित भए पश्चात यसरी नै आफ्नो जन्मदिन मनाएर गरिव विद्यार्थीहरुलाई थारै भए पनि आर्थिक सहायता प्रदान गरिरहेको उहाँले बताउनु भयो ।

युवा पुस्तामा हजारौं रकम खर्चेर रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा साथीहरु जम्मा भई जन्मदिन मनाउने संस्कार विकसित भईरहेको हँुदा नयाँ संस्कार शुरुवात गर्नकोलागि पनि बर्षेनी यसरी जन्मदिन मनाउने गरेको खत्रीको भनाई छ । छात्रबृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख बालाराम ज्ञवालीले सभापति खत्रीले गरेको कामको प्रशंसा गर्दै यस्तो कदमले आर्थिक अभावका कारण अध्ययनलाई अघि बढाउन कठिनाई भएका विद्यार्थीहरुलाई आर्थिक रुपमा राहत मिल्नुको साथै नयाँ पुस्तामा नयाँ संस्कार विकास हुने भएकाले यस्तो कामलाई निरन्तरता दिन आग्रह गर्नु भयो । 
छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले आर्थिक अभावका कारण उच्च शिक्षालाई निरन्तरता दिन गाह्रो भईरहेको बेला यसरी छात्रबृत्ति पाउदा आफुहरु निकै नै हर्षित तथा उत्साहित भएको प्रतिक्रिया दिएका छन । जन्म दिनको अवसरमा सभापति खत्रीलाई प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले शुभकामना दिएका थिए ।  कार्यक्रम स्ववियु सदस्य हरि ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएका थियो । 

प्रतिकृया दिनुहोस