अर्घाखाँचीलाई बुहारीलाई पढ्न हौसला दिदै सासू–ससुरा 


अर्घाखाँची पौष १४ - 
अर्घाखाँची जिल्लामा वुहारीलाई पढ्नका लागि सासु ससुराले हौसाल प्रदान गर्न थालेपछि विवाह गरि घरमा गएका वुहारीहरु अहिले गाँउ गाँउमा रहेका विद्यालयमा पढ्न थालेका छन् । कुनै बेला गाउँका बुहारीको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, मेलापात गर्ने र बालबच्चा रेखदेख गर्ने काममा मात्रै घरका बुहारी सीमित थिए । तर अहिले आएर बुहारी भने घरको कामसँगै पढाइलाई पनि निरन्तरता दिइरहेका छन । बिहे भएको घरका बाबुआमाले नै बुहारीको पढाइलाई अगाडि बढाइरहेका छन् । जिल्लाको मालारानी गाउँपालिका–७ हंसपुरकी सीता अधिकारीको ११ कक्षा पढ्दै गर्दा बिहे भयो । कर्मघरमा गएको केही महिनापछि श्रीमान् रोजगारी वाहिर गएपछि उहाँले केहि समय पढ्नु भएन तर सासूआमा र बुबाले पढ्नु पर्छ भन्दै सिद्धार्थ उमाविमै लगेर भर्ना गरिदिएपछि पढाइ नियमति भएको वताउनु भयो । पढन पाएँपछि अहिले आफु खुसी भएको उहाँको भनाई रहेको छ ।

पछिल्लो समय बुहारीले पढाइलाई निरन्तरता दिन थालेका छन् । हाम्रो जमानामा पढ्ने चलन थिएन सीताकी सासूआमा धनिश्वराले भन्नु भयो बुहारी पनि छोरीसरह हुन । पढेपछि जागिर खानुपर्छ भन्ने छैन, घरपरिवार शिक्षित बनाउन बुहारीले पढ्नैपर्छ । घरको काम मैले र बुहारीले मिलेर गर्छौं, पढेपछि जीवन चलाउन धेरै सजिलो होस् भनेर पढ्न पढाएको उनले वताउउनु भयो । वर्षौंदेखि पढाइ छाडेका छोरीबुहारीको यतिबेला अर्घाखाँचीका विभिन्न क्याम्पसमा घुइँचो छ । बाँगीको शान्ति उमाविमा कक्षा ११ र १२ मा ७५ प्रतिशत छात्रा छन । अहिले छात्रभन्दा छोरीबुहारीले पढाइमा बढी ध्यान दिएका छन् । गाउँमै उच्च मावि खुलेपछि पढाइ छाडेर बसेका बुहारीहरू पढ्न आउन थालेको प्राचार्य मानबहादुर पाण्डेले वताउनु भयो । जिल्लामा पछिल्लो समय उच्च शिक्षा अध्ययनपछि मात्र विवाह गर्ने लहर चलेको छ । ‘गाउँको उमावि र क्याम्पसमा छोरीबुहारीले पढ्ने लहर नै आएको छ,’ शिक्षा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले भने घरपायक भएकाले पढ्न पाएका हुन, गाउँमा अहिले बुहारीहरू शिक्षित छन । जिल्लाका ३३ उमावि र ६ क्याम्पसमा १ हजार ४ सय १ जना विद्यार्थी रहेकामा ७० प्रतिशत छात्रा रहेका छन् । 
 

प्रतिकृया दिनुहोस