नयाँ शक्ति नेकपा र कांग्रेसकै बिकल्प हुदै गएको नेतृ यामीको तर्क

कपिलवस्तु १२ पुस -
नयाँ शक्ति नेपालकी केन्द्रिय हेड क्वाटर सदस्य हिसिला यामीले नयाँ शक्ति नेकपा र कांग्रेसकै विकल्पको रुपमा विकास हुदै गएको दावि गर्नु भएको छ । पार्टी गठनको छोटो समयमा २ सय स्थानीय तह ३ वटा प्रदेश र एक संघिय सांसद जिताउन सकेकाले यो शक्ति बैकल्पीक हो भन्ने स्पष्ट भएको वताउनु भयो । उहाले सामुदायिक रेडियो बुद्ध आवाज संग कुराकानी गर्दै वताउनु भएको हो । 

२ तिहाईको सरकारले सन्तोष जनक काम गर्न नसेको र स्थानीय तह देखि संघिय तहसम्म शुसासन कायमहुन नसकेको वताउनु भयो । उहाले नयाँ शक्तिले समावेशी विकासको नारा अघि सारेको वताउदै वर्तमान सरकारले भनेको समृद्ध देश सुखी जनता डा. बाबुराम भटराईकै सोच अनुरुपको रहेको समेत दावि गर्नु भयो । 

नया शक्ति वाम शक्ति हो वा डेमोक्रेट हो भन्ने प्रश्नमा स्पष्ट नपारे पनि उहाले नेकपा बन्दा नयाँ शक्ति सोहीदलमा सामेल हुन चाहेपनि प्रचण्डले षडयन्त्र गरेको आरोप लगाउनु भयो । 

राजनीति, संगठन, विकास, संघर्ष र आन्तरीक ब्यवस्थापन सहितको ५ काम सहितको  ५ महिने अभियान सहितको राष्ट्रब्यापी अभियानका क्रममा कपिलवस्तु आउनु भएकी नेतृ यमी विगतमा भँैतिक पूर्वाधार  र पर्यटन मन्त्री समेत भएर काम गरि सक्नु भएको छ । 
 

प्रतिकृया दिनुहोस