वालमैत्री शिक्षण सिकाई क्रियाकलापले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वढ्दै


पार्वती पाण्डे÷कपिलवस्तु ११ पुुुस -
वालवालिकालाई शिक्षाका लागि उपलव्ध गराईएका वाल मैत्री शिक्षण सिकाई मुलक शैक्षिक सामग्रीले विद्यार्थीको संख्यमा वृद्धि भएको छ । कक्षा कोठमामा विद्यार्थीका लागि शैक्षिक सामाग्रीको प्रयोग र शिक्षकहका लागि शिक्षण क्रियाकलापमा सहयोगी भएपछि शुद्धोधन गाउँपालिका स्थित नेपाल राष्ट्रिय प्रावि अन्हराठ कपिलवस्तुमा विद्यालय वाहिर रहेका वालवालीाहरु पनि अहिले नियमित विद्यालयमा आउन थालेका छन् । यसले गर्दा विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक श्यामदेव प्रसाद चौधरीले बताउनु भयो ।  

विद्यालयलाई  चाहिने शैक्षिक सामग्री, कक्षा कोठा व्यवस्थित, खानेपानीको व्यवस्था भएपछि वालवालिका विद्यालय आउन रुचि गरेको उहाँको भनाई रहेको छ । नजिक बोडिङ स्कुल भएकोले अलि गाह्रो भएको छ, तैपनि हामी गुणस्तरिय शिक्षाका लागि कोशिस गरिरहेका छौ उहाँले वताउनु भयो । उक्त विद्यालयमा १सय ८ वालवालिका अध्ययनरत रहेका छन । त्यस्तै मायादेवी गाउँपालिका स्थित जनता आधारभुत विद्यालयमा पनि वालवालिकाको संख्या बढेको पाइएको छ । विद्यालयलाई शैक्षिक सामग्री, अन्य सहयोग पाए पछि विद्यालयमा वालवालिकाको संख्या बढेको हो । उक्त विद्यालयमा जम्मा ३ सय ८४ वालवालिका रहेको विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार कुर्मीले बताउनु भयो । 

दुवै विद्यालयलाई आइएम नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा विभिन्न प्रकारको सहयोग पुर्याउदै आएको परियोजनाका संयोजक लक्ष्मी आचार्यले बताउनु भयो ।  परियोजनाले विद्यालयलाई शैक्षिक सामग्री, शिक्षण सिकाई तालिम, व्यवस्थापन समितिलाई तालिम, फर्निचर सामाग्री, विद्यालयमा खानेपानीको लगायतमा सहयोग पुर्याउदै आउदा विद्यालयमा विगतमा भन्दा सुधार आएको संयोजक आचार्यको भनाई रहेको छ ।  विद्यालयमा आयोजीत  जिल्ला स्तरको सरोकारवाला अनुगमनमा यस्तो पाईएको हो । संस्थाले पुर्याएको सहयोगका कारण विद्यालयमा सुधार हुदै गएको शुद्धोधन गाउँपालिकाका स्रोत व्यक्ति टिकाराम  पौडेलले बताउनु भयो ।  

प्रतिकृया दिनुहोस