आन्तरिक राजश्व कार्यालय कृष्णनगरले लक्ष्यको १ सय १६ प्रतिशत राजश्व संकलन गर्न सफल

कपिलवस्तु, पौष १४
चालु आर्थिक बर्षको पाँच महीनामा आन्तरिक राजश्व कार्यालय कृष्णनगरले लक्ष्यको १ सय १६ प्रतिशत राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार ६७ करोड ६४ हजार राजश्व सङ्कलन गरिएको जनाईएको छ । कार्यालयले मंसीर सम्म ६० करोड २७ लाख ६४ हजार कुल लक्ष्य राखेको थियो । सो लक्ष्य ५ महिनामै पुरा गर्न पाउंदा आफुहरु निकै उत्साहित भएको प्रमुख कर अधिकृत पुण्य प्रसाद न्यौपानेले बताउनु भयो । गत वर्षको तुलनामा १ सय ४८ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालयले जनाएको छ । 

सङ्कलित राजश्वमा आयकर २३ करोड १० लाख, मूल्य अभिवृद्धि कर रु १७ करोड २६ लाख ३६ हजार, अन्तःशुल्क २६ करोड ६४ लाख २८ हजार संकलन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मुल्य अभिबृद्धि करमा २ हजार ९ सय १६ फर्म दर्ता रहेकोमा २ हजार ४ सय ८१ फर्म सक्रिय रहेका छन् । यसैगरी अन्तशुल्कमा २ हजार १ सय ५२ दर्ता रहेकोमा २ हजार २ सय फर्म, सक्रिय  प्यानमा २२ हजार ३ सय ३२ दर्ता रहेकोमा सक्रिय २० हजार ४ सय ९३, पानमा ११ हजार ९ सय ७३ दर्ता रहेकोमा सक्रिय ११ हजार ९ सय ४६ रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मुल्य अभिबृद्धि करमा ७ हजार २ सय ९२, अन्तःशुल्कमा ३ हजार ६ सय ६४, पानमा ४२ हजार ८ सय ७३ र पि–प्यान ३६ हजार ९२ दर्ता रहेको छ । गत वर्ष १ सय ६७ व्यवसायीको दर्ता खारेजी भएको कार्यालयले जनाएको छ ।

करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन कार्यालय सक्रिय भई लागेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । कार्यालयले नियमित बजार अनुगमन गर्ने, व्यवसायीसँग करका विषयमा अन्तर संवाद गर्ने लगायतका काम गरिरहेको कार्यालयले जनाएको छ ।    
 

प्रतिकृया दिनुहोस