प्राथामिकतामा आफ्नै सुबिधा ,आधा स्थानीय तह दमकल र एम्बुलेन्स बिहिन

बिकास थापा कपिलवस्तु १४ पौष-
कपिलवस्तुका १० वटा स्थानिय तह मध्ये नागरिकहरु बिरामी हुदा चाहिने एम्बुलेन्स ५ वटामात्र छन । आगलागि हुदा नभई नहुने दम्कल ४ वटा मात्र छन । तर मेयर उपमेयर र प्रमुख प्रशासकीय अधिकृत चढने गाडी एक स्थानिय तहमा कम्तीमा २ वटा सम्म रहेका छन । यसबाट प्रष्ट हुन्छ , स्थानिय जनप्रतिनिधि जनताको सेवा सुबिधा भन्दा पनि आफ्नै सुबिधालाई प्रथामिकतामा राखेका छन ।त्यसो त अपवाद स्वारुप नै भन्नुपर्ला शुद्धोधन गाउपालिका प्रमुख निशार अहमद खाको चारपाङग्रे सवारी साधन छैन । बाणगंगाका उपपमेयर चक्रअर्याल पनि एकबर्षसम्म सुबिधाको गाडी नचढेरै कामकाज  गर्नुभयो । तर आमरुपमा जनप्रतिनिधिहरु गाउ तथा नगरपालिकाबाट  सुबिधा लिने काममा अग्रसर हुदै आएको पाईएको हो । जिल्लाको बाणगंगा नगरपालिका , शिबराज नगरपालिका, यशोधरा गाउपालिका , महाराजगञ्ज नगरपालिका , बिजयनगर गाउपालिका गरि ५ वटा स्थानिय तह एम्बुलेन्स बिहिन अवस्थामा छन । केही एम्बुेन्स बिहिन स्थानिय तहले एम्बुलेन्स खरीद गर्नको लागि प्रक्रिया अघि बढाएपनि अझैसम्म एम्बुेन्सको सेवाबाट यहाका स्थानिय बञ्चित हुदै आएका छन । एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरिकले बिरामीलाई अझै पनि भाडामा गाडी खोजेर वा अन्य प्रकारले स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता छ । यस्तै आगो लाग्दा आगो निभाउन चाहिने दमकल १० वटा स्थानिय तहमध्ये जम्मा ४ वटा नगरपालिकामा मात्र छ ।

यशोधरा गाउपालिका, मायादेबी गाउपालिका, शुद्धोधन गाउपालिका ,शिबराज नगरपालिका ,बिजयनगर गाउपालिका र महाराजगञ्ज नगरपालिका दमकल छैन । जिल्लामा वर्षेनी आगलागीका सयौँ घटनाहरू हुने गरेका छन, लाखौँको सम्पत्ति समेत नष्ट हुनुका साथै मानवीय क्षति समेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ  । तर बाणगंगा, कृष्णनगर , कपिलवस्तु नगरपालिका र बुद्धभुमि बाहेक अन्यमा दमकल छैनन । समृद्ध नगर र गाउ भन्ने लक्ष्यका साथ अघि बढेका स्थानिय तह अहिले सम्म दमकल र एम्बुन्स बिहिन रहेका छन । तर मेयर , उपमेयर र प्रमुख प्रशासकिय अधिकृत चढने गाडी सबै तहमा रहेको छ । एकातर्फ जनप्रतिनिधिभ सुबिधाभोगी भए भनि रहदा जनतालाई सेवा सुबिधा दिनेतर्फ भन्दा पनि आफैले सुबिधा लिने क्रम बढदै गरेको यी गाडीहरुबाट पनि स्वतःस्पष्ट हुन आउछ । जिल्लाका बाणगंगा नगरपालिका मेयर र उपमेयरका लागि २ वटा स्कार्पियो छ । नगरका सम्पूर्ण वडा अध्यक्ष देखी केही शाखा प्रमुखलाइ पनि मोटरसाईकल दिईएको छ । यो नगरमा सडक निर्माण संगै भौतिक पूर्बाधार निर्माणका लागि  जेसिबी , ग्रेडर ,रोलर , पानी टं्याकी , साना टिपर , दमकल , आदि रहेका छन । यस्तै बुद्धभुमि नगरपालिकामा  मेयर उपमेयरको लागि २ वटा स्कार्पियो रहेका छन ।

यो नगरमा बिकास निर्माणका लागि प्रयोग हुने साधनमा ग्रेडर, रोलर , जेसिबी  टीपर , आदि रहेका छन । यसैगरि शिवराज नगरपालिकामा मेयर उममेयरका लागि २ वटा गाडी  र प्रत्येक वडा अध्यक्षहरुका लागि मोटरसाईकल रहेका छन । पूर्वाधार निर्माणमा प्रयोग हुने साधनहरु नगरमा अझै खरिद गरिएको छैन । यसैगरि महाराजगञ्ज नगरपालिकामा मेयर उपमेयरका लागि २ वटा गाडी रहेका छन । जसमा एउटा गाडी मासिक १ लाख बराबरको भाडामा प्रयोग गरिएको छ । यस्तै नगरका सम्पूर्ण वडाका वडा अध्यक्ष , लेखा अधिकृतलाई मोटरसाईक दिईएको छ । नगरमा अन्य सवारी साधनका रुपमा जम्मा एक वटा ट्याक्टर मात्र रहेको छ । यस्तै कृष्णनगर नगरपालिकामा मेयर उपमेयरका लागि २ वटा स्कार्पियो रहेका छन ।  अरु साधनका रुपमा टिप्पर जेसिबी  रोलर , छोटा हात्ती , ट्याक्टर आदि रहेका छन । यसैगरि जिल्लाका अर्को नगरपालिका कपिलवस्तु नगरपालिकामा मेयर र उममेयरका लािग २ वटा गाडी , र प्रत्येक  वडाका वडा अध्यक्षहरुका लागि १२ वटा मोटरसाईकल नगरपालिकाले उपलब्ध गराएको छ  । केही बाईकहरु कर्मचारीले पनि प्रयोगमा ल्याएका छन । भने नगरमा अरु साधनको रुपमा , जेसिबी ,नाली सफा गर्ने गाडी रहेका छन । 
यस्तै बिजयनगर गाउपालिकामा अध्यक्ष उपाध्यक्षका लागि एउटा गाडी , वडाका अध्यक्षहरुका लागि मोटरसाईक,र केही फिल्ड वर्करका लागि पनि मोटरसाईकल खरिद गरिएको छ । अन्य साधनका रुपमा ट्याक्टर,  जेसिबी  र रोलर मात्र रहेका छन  । यस्तै शुद्धोधन गाउपालिकामा अध्यक्ष उपाध्यक्षका लागि अझैसम्म गाडी खरिद गरिएको छैन । तर नगरपालिकाको वडा अध्यक्षहरुलागि मोटरसाईकल रहेका छन । 
यसैगरि मायादेबी गाउपालिकामा अध्यक्ष र उपाध्यक्षको लागि एउटा गाडी , वडा अध्यक्षहरुका लागि मोटरसाईकल  खरिद गरिएको छ । अन्य साधनहरु भने यस गाउपालिका रहेका छैनन ।यस्तै जिल्लाको अर्को गाउपालिका यशोधरा गाउपालिकामा अध्यक्ष उपाध्यक्षका लागि एउटा गाडी र स्कुटर रहेको छ । यस गाउपालिकामा अन्य साधनहरु छैनन ।   आफ्नो सुबिधाका लागि आधुनिक सुबिधायुक्त गाडी खरिद गर्नु र हेभी उपकरणमा ठूलो लगानी लगाउनु तर जनधनको क्षति रोक्न चाहिने दमकल र एम्बुलेन्स खरिदमा चासो नदेखिनुलाई जनप्रतिनिधि सुबिधा भोगी भए नभने के भन्ने स्थानिय नागरिकहरु यस्तो तर्क गर्छन ।

प्रतिकृया दिनुहोस