घोषणापत्रका कुरा पुरा गर्ने मायादेबी गाउपालिका अध्यक्षको दावी

बिकास थापा कपिलवस्तु पौष १४ ।
चुनावको बेला घोषणा पत्रमा लेखिएका सबै काम ५ बर्षे कार्यकालमा पूरा गर्ने प्रतिवद्धताका साथ आफनो गन्तब्य तय गरेको कपिलवस्तुको मायादेबी गाउपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनु भएको छ । जनताले एउटा सच्चा र ईमान्दार युवा नेता भनेर चुनाव जिताएका छन त्यसैले यो गुणलाई तिर्न जनताका अधिकारको लागि आफु लागी परेको उहाँले वताउनु भएको छ । मायादेबी गाउपालिकालाई कसरी समृद्ध बनाउने भन्ने बिषय नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँले सामुदायिक रेडियो वुद्धआवाज संगको संक्षिप्त कुराकानीमा यस्तो वताउनु भएको हो । उहाँले विद्यालयमा वालवालीकाको सहज पहुँचका लागि प्रत्येक वडामा माबि विद्यालय सञ्चालन र हरेक वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने आफ्नो मुख्य एजेन्डा अहिले अगाडी वढ्दै गएको समेत वताउनु भयो । 

साथै कुराकानीकै क्रममा अध्यक्ष कुर्मिले तराई मधेस समृद्ध कार्यक्रम जिल्लाका अन्य स्थानिय तहमा पर्नु र मायादेबी गाउपलिकामा नपर्नुमा मन्त्रालयले वेवास्ता गर्नु रहेको र बिषयमा मन्त्रालयमा जानकारी गराउदै दवाव दिएको समेत वताउनु भयो । तराई मधेश कार्यक्रमले मधेशमै कार्यक्रम दुखद भएको र प्रदेश केन्द्र, संघिय सरकारमा यसबारे आवाज उठाईरहेको वताउनु भयो । कार्यपालिकाबाट निर्णयवाट गाँउपालीकाले सानो सिचाईको लागि प्रत्येक टोलटोलमा बोरिङ ब्यवस्था गर्न बजटे बिनियोजन गरेको थियो । बिना पानीको तराई मधेस समृद्ध कार्यक्रम प्रभाबकारी नहुने उहाँले स्पष्ट पार्नु भयो । 

विगतका बर्षमा ब्यापक रुपमा हुने बालबिवाहलाई धेरै न्यूनिकरण गरेको जानकारी दिदै छिटटै नै गाउपालिका नै बालबिवाहमुक्त घोषणा गर्ने दाबी गर्नुभयो । ८ वडा रहेको गाउपालिकामा अहिलेसम्म ३ वटा वडा बालबिबाह मुक्त घोषण भएको छन । बाकी ५ वडामा रहेको बालबिवाहको दरलाई शुन्य प्रतिशतमा झार्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष कुर्मीले बिद्यालयमा बिद्यार्थीको अनुपात, गुणस्तरीय शिक्षा संगै शिक्षक दरबन्दी मिलाउने बिषयमा धेरै चासोका साथ काम गरिरहेको समेत वताउनु भयो । 
 

प्रतिकृया दिनुहोस