कपिलवस्तुमा पहिलो पटक १५ करोडको लागतमा रिसोर्ट सञ्चालन

बिकास थापा कपिलवस्तु पौष १४।
कपिलवस्तु जिल्लामा पहिलो पटक १५ करोडको लागतमा सुबिधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । जिल्लाको बाणगंगा नगरपालिका १ ठाकुरापुरका रामुन्यौपाने एकल लगानीमा पिस हिमालय रिसोर्ट आजबाट सञ्चालनमा ल्याउनुभएको हो । शनिबार एक कार्यक्रमका बीच उक्त रिसोर्टको प्रदेश सांसद अत्तहर कमाल मुसलमान र बिष्णुपन्थीले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको छ । सांसद मुसलमानले जिल्लाकौ पहिलो र ठूलो लगानीमा सञ्चालनमा आएको रिसोर्टले आन्तरिक तथा बाहय पर्यटलाई टेवा पुग्ने बताउनुभएको छ । देशमा आर्थिक क्रान्ति चलिरहेको बताउदै यस किसीमका ब्यवसायले मुलक समृद्ध बनाउने अभियान छिटटै पूरा हुने बताउनुभएको छ । जिल्लामा सञ्चालनमा आएका ब्यबसायलाई अघि बढाउन उद्योग बाणज्य संघ संगै स्थानिय सकारले पनि बिशेष पहल गर्नुपर्ने बताउनुभयो ।

Image may contain: 1 person

यस्तै सांसद बिष्णु पन्थीले रिसोर्ट सञ्चालनको पूर्ण सफलताको शुभकामना दिदै युवाहरुले सञ्चालन गरेका यस्ता कार्यमा प्रदेश सरकारले प्रोत्साहन गर्ने स्पष्ट पानूभयो । कपिलवस्तुको हकमा पर्यटकीय बिकासका लागि टेवा पुग्ने उद्देश्यका साथ सञ्चालनमा आएको रिसोर्टले जिल्लाको गरिमालाई पनि उच्चो राखेको बताउनुभयो । यस्तै कार्यक्रममा बोलदै कपिलवस्तु उद्योग बाणिज्य संघ कपिलवस्तुका अधयक्ष उमानाथ पौडेलले रिसोर्ट स्थापनाले यस क्षेत्रको भौतिक विकाससमेत टेवा पुगेको बताउनुभ्एको छ । कार्यक्रममा स्वागत मन्तब्य राख्दै रिसोर्ट सञ्चालक रामु न्यौपानेले झण्डै दुई बर्ष लगाएर रिसोर्टको भौतीक संरचना निर्माण गरिएको जानकारी दिनुभयो ।

Image may contain: 3 people, people smiling, people standing and indoorरिसोर्ट ४० जनालाई प्रत्यक्ष रुपमा रोजगारी समेत दिएको स्पष्ट पार्नुभएको छ । कपिलवस्तु जिल्लाको पर्यटकीय स्थल अवलोकनमा मद्दत पु¥याउने सञ्चालकको लक्ष्य रहेको छ । रिसोर्टमा स्विमिङ पूल, चिल्डे«न पार्क, जिम हाउस, फूटसल सहितको व्यवस्था हुने सञ्चालकको भनाई छ । यतिबेला स्विमिङ पूल निर्माण संगै अरु भौतिक संरचनाको काम भैरहेको बताउनुभएको छ । रिसोर्ट सञ्चालका पिता मेघनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ अध्यक्ष बालकुमारी पन्त, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, जिल्लाका ब्यवसायीहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस