१० बटै तहमा चुस्त संगठन दुरुस्त योजना लागु गर्ने नेकपा कपिलवस्तुको निर्णय

कपिलवस्तु १४ पुस-
नेकपा कपिलवस्तुले एकैसाथ १० वटा स्थानीयतहका अध्यक्ष र सचिवको संयुक्त बैठक मार्फत जिल्लाका १० वटै स्थानीय तहमा संगठन निर्माणलाई तीव्र पार्ने निर्णय गरेको छ । शनिबार तौलीहवा स्थित पार्टि कार्यालयमा सम्पन्न विस्तारीत वैठकवाट संगठन निर्माणलाई वडा तह सम्म चुस्त दुरुस्त पार्ने निर्णय गरेको हो । प्रदेश कमिटीको बैठकले चयन भएका जिल्लाका १० वटै स्थानीय तहका अध्यक्ष, सचिव र जिल्ला स्थित एकता समायोजन कार्यदलको संयुक्त विस्तारीत वैठकले संगठन सुदृढीकरणको कार्ययोजना तय गरेको हो । बैठक पछि सामुदायिक रेडियो बुद्ध आवाजसंग जानकारी गराउदै नेकपाका केन्द्रिय  नेता गिरीधारीलाल  न्यौपानेले दुइपार्टी एकिकृत भई बनेको मजवुत संगठनको रफतार निकै तेज हुने वताउनु भयो । 
पौष महिनाको अन्तिम सम्ममा १० वटा स्थानीय तहमा सपथ ग्रहण र वैठक संचालन गर्ने, वडा तह सम्म पार्टि संगठन निर्माण गर्ने तथा जिल्ला कमिटी र जनसंगठन निर्माण गर्ने काम पनि चाडै गर्ने निर्णय बैठकले गरेको वताउदै नेकपाका केन्द्रिय सदस्य विमला घिमिरेले कपिलवस्तुको उत्तर देखि दक्षिण सम्म र पूर्वदेखी पश्चिमसम्म नेकपामय तुल्याउने उद्घोष गर्नु भयो । 
बैठकमा नेकपा प्रदेश कार्यलयका सचिव एवम पूर्व सांसद वलराम अधिकारीले बोल्दै सरकार विरुद्ध चौतर्फीरुपमा वुर्जुवाहरुले प्रहार गरेकाले त्यसको कडा प्रतिवाद थाल्नु पर्ने वताउनु भएको थियो । यसैगरी स्थानीय तहमा पार्टिको पुर्नजागरण अभियान संचालन गर्ने निर्णय भएको बैठकको अध्यक्षता गर्नु भएका नेकपाका नेता झविलाल पोख्रेलले जानकारी दिनुभयो । विकास निर्माणका कामको समिक्षा र अहिलेका जल्दा बल्दा समस्या वारेमा केन्द्रिय नेता र स्थानीय नेतृत्व बीच अन्तरकृया समेत भएको जिल्ला नेता रामचन्द्र शाह विष्णुले वताउनु भयो । ३ महिना भित्रमा पार्टी सदस्यता नविकरणको काम सम्पन्न गर्ने निर्णय भएको नेकपा कार्यदलका सदस्य डम्मर शर्माले जानकारी दिनु भयो । एकतापछि  पहिलो पटक दुबै तर्फका अगुवा स्थानीय नेताहरुको संयुक्त बैठक भएकाले एक प्रकारको पुनरमिलन जस्तो महशुस भएको बैठकमा सहभागि बाणगंगाका नगर अध्यक्ष विश्व कार्कीले वताउनु भयो । सुदुर पश्चिमी भेग विजयनगरका अध्यक्ष कृष्ण भण्डारीले अव संगठनको कामले चिसो मौषममा पनि उर्जा प्रदान गर्ने तर्क गर्नु भयो ।  
 

प्रतिकृया दिनुहोस