नेकपा प्रदेश ५ अन्तर्गत कपिलवस्तु सहित ९ जिल्लाका नगर तथा गाउकमिटी चयन ,कपिलवस्तुमा  ५०÷५० प्रतिशत हिस्सा ।। 

कपिलवस्तु,२८  मंसिर-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को बैठकले प्रदेशका  जिल्लाको स्थानीयतहको   नेतृत्व र कमिटीको नामावली टुंगाएको छ । नेकपा प्रदेश ५का कार्यलय सचिव बलराम अधिकारीका अनुसार नगरपालिकामा ८१ सदस्यीय र गाउपालिकामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीमा साविक एमाले र माओवादीले  अध्यक्ष र सचिव मध्ये एक एकपद लिएका छन् । 

जस अनुसार  कपिलवस्तुका  १० वटा स्थानीय तहका अध्यक्ष र  सचिव मध्ये साविक एमाले र माओवादीले आधाआधा हिस्सा लिएका छन् । बाणगंगा नगरपालिका ,बुद्धभूमी नगरपालिका  ,कपिलवस्तु नगरपालिका ,विजयनगर र शुद्धोधन गाउपालिकामा एमालेले अध्यक्ष लिएकोछ । ती ठाउमा सचिव माओवादीले लिएको हो । 

त्यसैगरी शिवराज नगरपालिका ,कृष्णनगर नगरपालिका ,महाराजगंज नगर पालिका ,यशोधरा गाउपालिका  र मायादेवि गाउपाकिलामा साविक माओवादीले अध्यक्ष पद लिएको हो । ती स्थानमा सचिव एमालेले लिएकोछ । जिल्ला स्थित कार्यदलले सिफारिस गरे अनुसार नै प्रदेशले नामावली टुंगाएको नेकपा कपिलवस्तुका सचिव रामचन्द्र शाह (विष्णु)ले जानकारी दिनु भयो । जस अनुसार नेकपाको बाणगंगा नगर कमिटि अध्यक्षमा विश्व कार्की र सचिवमा टेकेन्द्र कुँवरले जिम्मेवारी पाउनु भएको छ । 

बुद्धभूमी नगरपालिकामा अध्यक्ष  पिताम्बर खनाल अध्यक्ष र सचिवमा मोहन केवट, कपिलवस्तु नगरपालिकाको अध्यक्षमा महिला नेतृ सरिता आचार्य र सचिवमा अवधेश कुमार उापध्यायले जिम्मेवारी पाउनु भएको हो ।  शुद्धोधन गाउँपालिका अध्यक्षमा विनोद चौधरी र सचिवमा लाला कुर्मी रहनु भएकोछ । पश्चिम विजयनगर गाउँपालिका अध्यक्षमा कृष्ण भण्डारी र सचिवमा राम अवतार यादवले नेतृत्व पाउनु भएको छ । 

कृष्णनगर नगरपालिका अध्यक्षमा जाबेद आलम खाँ र सचिवमा लल्लु चौबे रहनु भएकोछ । महाराजगंज नगरपालिका अध्यक्षमा विजय प्रकाश जैसवाल र सचिव शिव गैरे ,शिवराज नगरपालिकाको अध्यक्षमा द्रोणवहादुर पुन (दिनेश ) र सचिवमा जगत पौडेलले नेतृत्व पाउनु भएकोछ । यशोधरा गाउँपालिकाको अध्यक्षमा हजरत अली र सचिवमा राघवेन्द्र उपाध्यायको नाम छनौट गरिएको छ । 
नेकपा मायादेवी गाउँपालिका कमिटिको अध्यक्षमा राघवेन्द्र पाण्डे र सचिवमा सिपी चौधरीले नेतृत्व पाउनु  भएको छ । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले  कपिलवस्तुका १० वटै तहमा लामो होमवर्क गरेर नेतृत्व सर्बसहमत रुपमा  छानेर प्रदेशमा पठाइएकोमा सोही अनुसार नै निर्णय भएको वताउनु भयो । विभिन्न जिल्लामा स्थानीय कमिटीमा ४५ प्रतिशत देखि ५० प्रतिशत सम्मको हिस्सेदारी गरेर नेतृत्व सर्व सम्मत चयन गरिएको हो । अर्घाखाची दाङ र रोल्पाको भने नेतृत्व छनौट हुन सकेको छैन। 

प्रतिकृया दिनुहोस