सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई अहिलेसम्मकै ठूलो उपलब्धि

कपिलवस्तु, मंसिर २७-
कपिलवस्तु संचार सहकारी संस्था लिमिडेटद्धारा संचालीत जिल्लाको पहिलो सामुदायिक वुद्धआवाज टेलीभिजले देश व्यापी प्रशारणका लागि ईजाजत पत्र प्राप्त गरेको छ । गएको मंसिर १७ गतेको नेपाल सरकार सूचना विभागको निर्णय अनुसार गत मंसिर २३ गते इजाजत पत्र प्रदान गरिएको हो । टेलिभिजन दैनिक २४ घण्टा प्रशारण हुदै आएको छ । सूचना तथा संचार मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण विभागले केवुलमा आधारीत रहेर प्रशारण गर्ने अनुमती प्रदान गरेको हो । 

आर्थिक वर्ष २०७२÷०७३ पछि राष्ट्रब्यापी प्रशारणमा जान नसक्ने टेलिभिजनहरु बन्द हुने गरी राज्यले कडा नियम लगाएकोमा बुद्ध आवाज राष्ट्रीय प्रशारणमा जान आवेदन दिएको थियो । तर केहि टेलिभिजनहरुले राज्यले इजाजतपत्रमा लगाएको उच्च शुल्क राष्ट्रिय प्रशारण ऐन र जनताको सूचितहुने मौलिकहक विरुद्ध भएको भन्दै सर्बाेच्चमा रिट दायर गरेपछि इजाजत पत्र रोकिएको थियो । 

सामुदायिक टेलिभिभजन बुद्ध आवाजले राज्यले तोकेको सम्पूर्ण शुल्क र जरिवाना चुक्ता गरेपछि सूचना तथा प्रविधी मन्त्री गोकुल वास्कोटाले बुद्धआवाज सहित मुलुकभरका आधा दर्जन टेलिभिजनलाई इजाजत दिने निर्णय गत साउन १० मा गर्नु भएको थियो । सोही निर्णयका आधारमा सूचना तथा संचार विभागले इजाजत पत्र प्रदान गरेको हो । २०७२÷०७३ पछि अहिले सम्म इजाजतपत्र पाउने मुलुकका २ वटा टेलिभिजन मध्ये कपिलवस्तुको बुद्ध आवाज परेकोले ब्यवस्थापक पाण्डेले महत्वपूर्ण उपलब्धी हासिल भएको वताउनु वताउनु भयो । 
Image may contain: house, sky and outdoor
इजाजत पत्र पाउने सन्दर्भमा पटक पटक मन्त्री समक्ष टेलिभिजनका तर्फवाट डेलिगेशन जाने टेलिभिजनका सल्लाहकार एवम प्रदेश सांसद विष्णु पन्थी र संविधान सभा सदस्य बलराम अधिकारीलाई ब्यवस्थापक पाण्डेले धन्यवाद ज्ञापन समेत व्यक्त गर्नु भएको छ । 

कपिलवस्तुको वाणगंगा ४ गजेहडामा मुख्य स्टेशन रहेको बुद्ध आवाज टेलिभिजन राष्ट्रब्यापी रुपमा केवुल नेटवर्कवाट एच.डी च्यानलको रुपमा प्रशारणमा आइ सकेको छ । यसअघि स्थानीय केवलवाट कपिलवस्तुमा मात्र आफ्ना कार्यक्रम प्रशारण गर्ने गरि अनुमती प्राप्त गरेकोमा अव देखि टेलीभिजले एच.डी च्यानल देशभर प्रशारण गर्ने अनुमति पाएको हो । अहिले राष्ट्रय नेटवर्क रहेका मेरो टिभि र म्याक्स टिभिवाट प्रशारण गरिरहेको टेलीभिजले अव चाडै नै देशका अन्य केवुल नेटवर्कसंग सहकार्य गरि देशैभर आफ्ना कार्यक्रमहरु प्रशारण गर्ने टेलीभिजका व्यवस्थापक भेषराज पाण्डेले वताउनु भयो । संचार सहकारी मार्फत अहिले सामुदायिक रेडियोवुद्ध आवाज र टेलीभिजन प्रशारण हुदै आएको छ । टेलीभिजनले आफ्ना कार्यक्रमलाई व्यवस्थीत, समय सापेक्ष र सवैलाई समेट्ने गरि उत्पादन तथा प्रशारणको लागि तयारी समेत गरेको छ । 
 

प्रतिकृया दिनुहोस