देउसी भैलोबाट विद्यार्थीलाई न्यानो कपडा र सडकमा बत्ती जडान

नारद कहार, मंसिर २९-
कपिलवस्तुमा गठन भएका क्लव तथा समुहले देउसी भैलोको रकमबाट वनभोज, भ्रमण जस्ता रमाईला कार्यक्रम गरिरहेको बेलो एक क्लव भने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै गाँउमा रहेको सडकमा बत्ती जडान गरेको छ । शिवराज नगरपालिकामा रहेको माछापुच्छ्रे युवा कल्बले आधारभुत विद्यालय मदवाका जेहेन्दार, गरिव, विपन्न परिवारका असहाय विद्यार्थीहरुलाई कपडा र मदवा गाउमा रहेको सडक पोलमा बत्ती जगान गरेको हो ।


क्लवले विद्यालयका ५७ जना विद्यार्थीलाई न्यानो कपडा उपलव्ध गराएको छ भने गाँउमा रहेका २८ वटा पोलमा बत्ती जडान गरेको छ । क्लवले तिहारमा देउसीबाट संकलन गरेको रकम बालबालिकाको शिक्षा ग्रहणमा सहज होस् भन्ने उदेश्यले न्यानो लुगा र गाँउको सुरक्षामा सहयोग पुगोस भनेर पोलमा बत्ती जडान गरेको क्लवका अध्यक्ष विक्रम  सुनारले बताउनु भयो । मदवा विद्यालयका विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गर्दै पुर्व प्राधानाध्यपक शंकर मल्लले क्लवले गरेको कामको प्रशंसा गर्दै आफुहरुले गर्न नसकेको काम क्लवले गरेको वताउनु भयो । 


विपन्न परिवारका विद्यार्थीहरुलाई जाडोको समयमा स्वीटर वितरण गरी शिक्षा ग्रहणमा बाटो खुल्ला गरिदिएको उहाँको धारणा रहेको थियो । त्यस्तै विद्यालयका प्राधानाध्यपक सिता पुनले यस प्रकारको कार्यक्रम पहिलो भएको भन्दै चेतना जगाउने कार्यमा अझ क्रियाशिल हुन क्लवलाई आग्रह गर्नु भयो । क्लवले आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अघि बढ्ने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस