कपिलवस्तु जिल्लामा तराई मधेश समृद्धी कार्यक्रम अन्तर्गत १७ योजना स्वीकृत 

यादव भुसाल, मंसिर २९।
कपिलवस्तु जिल्लामा तराई मधेश समृद्धी कार्यक्रम अन्तर्गत ९ करोड ४० लाख ५० हजार रकम स्वीकृत भएको छ । जिल्लाका स्थानीय तहमा कार्यक्रम संचालनका लागि सो रकम स्वीकृत भएको हो । कपिलवस्तु जिल्लामा १७ वटा योजनाका लागि रकम स्वीकृत भएको छ । केन्द्रको अनुदान रकम र स्थानीय तहको लागत सहभागीता अनुसार रकम स्वीकृत गरिएको हो । यसरी स्वीकृत भएको रकम मध्ये स्थानीय तहमा कार्यक्रम संचालन गरिने छ । जसमा स्थानीय तहको लागत ८५ लाख ५०हजार र केन्द्रको अनुदान रकम ८ करोड ५५ लाख गरि ९ करोड ४० लाख ५० हजार रकम रहेको छ । तराई मधेश समृद्धी कार्यक्रम कार्यविधि २०७५ अनुसार स्थानीय तहवाट सिफारिस भई गएका योजना अनुसार केन्द्रिय निर्देशक समतिवाट कार्यक्रम स्वीकृत गरिएको हो । 

जिल्लाका १० वटा स्थानीय तह अन्तर्गत वुद्धभुमिमा ३, महाराजगंजमा १, शिवराजमा २, कृष्णनगरमा ४ र कपिलवस्तु नगरपालीकामा १, सुद्धोधनमा १ र विजयनगर गाँउपालीकामा ५ वटा योजना छनौट गरि स्वीकृत गरिएको छ । मायादेवी, यशोधरा गाँउपालीका र वाणगंगा नगरपालीकाका लागि योजना समावेश गरिएको छैन् । जसमा १ करोड वढिका ३ वटा योजना रहेका छन् । ती योजनावाट सडक कालोपत्रे गरिने भएको छ । स्वीकृत भएका योजनाह?मा पुर्वाधार विकासका लागि वढि प्राथमिकता दिएको छ । 

जस अनुसार सुद्धोधन गाँउपालीकामा वडा नं ४ मा छात्रावास निर्माणका लागि ५५ लाख, वुद्धभुमि ३ मा समयमाई धान पोखरी तथा जलासय निर्माणका लागि २७ लाख ५० हजार, वुद्धभुमि नगरपालीकाको ६, ७ ८ र १० मा कालोपत्रे सडक निर्माणका लागि १ करोड १० लाख जो वहु वर्षिय योजना अन्तर्गत रहेको छ । यस्तै महाराजगंग नगरपालीकाको दुर्गा भवानी कन्या निमाविको भवन निर्माण ५५ लाख, शिवराज नगरपालीकाको ३ र ११ मा खगेन्द्रपुर सेमरी कालोपत्रे निर्माणका लागि १ करोड १० लाख, शिवराज नगरको वडा नं ४ र ११ मा चनई सडवा सितलपुर सडक कालोपत्रै ५५ लाख, कृष्णनगर नगरपालीका वडा नं २ मा शौचालय निर्माण २७ लाख ५० हजार, वडा नं १२ मा वेदमाउ देखि भगवानपुर सम्म सडक कालोपत्रे ३८ लाख ५० हजार,  वडा नं ७ मा मस्जित निर्माण २७ लाख ५० हजार, वडा नं १० मा महेन्द्र प्रावि भवन निर्माण २७ लाख ५० हजार रकम स्वीकृत भएको छ । 

यसैविच विजयनगर गाँउपालीकाको वडा नं ७ मा वर्थिड सेन्टर निर्माणका लागि ३३ लाख, विजयनगर १ मा होम स्टे संचालनका लागि ३३ लाख, विजयनगर ४ मा मदरसा विद्यालय ननिर्माणका लागि ५५ लाख, सोहि गाँउपालीकाको वडा नं ४ मा छात्रा विद्यालय भवन निर्माणका लागि ३८ लाख ५० हजार, छ्ट्याईएको छ । यस्तै वुद्धभुमि ३ मा पुरेना घनचौरा गगुचोक हुदै गोलपुर डाँडा सडक कालोपत्रेका लागि ८२ लाख ५० हजार र कपिलवस्तु नगरपालीकाको वडा नं ५ र १२ मा सडक कालो पत्रेका लागि १ कारोड १० लाख रकम स्वीकृत भएको छ । 

यसरी स्वीकृत भएका योजनाह? माघ मसान्त सम्म सम्झौता गरि २०७६ जेठ मसान्त सम्म योजना सम्पन्न गर्नु पर्ने हुन्छ । योजना सम्पन्न नभएमा स्वीकृत रकमलाई केन्द्रले आफ्नो स्वामित्वमा फर्काउन सक्ने केन्द्रिय निर्देशक समितिले जनाएको छ । यस अघि ३ वटा निर्वाचन क्षेत्रमा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० वटा स्थानीय तहमा कार्यक्रम संचालन गर्न चार करोडका दरले १२ करोड रकम विनीयोजना गरिएको थियो । अहिले ९ करोड गरि जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा पुर्वाधार विकासका लागि २१ करोड ५० लाख रकम विनीयोजन गरिएको छ । 
 

प्रतिकृया दिनुहोस