बाणगंगा नगरपालिका पूर्ण भर्ना नगर घोषणा , बदलिदो युगसंगै शिक्षा नितिलाई परिमार्जन गरि अघि बढनुपर्ने मन्त्री बराललको जोड

बिकास थापा कपिलवस्तु मंसिर १९ ।
बदलिदो युगसंगै पूरानो शिक्षा नितिलाई परिमार्जन गरि नँया शिक्षा निति २०७५ आउने प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बताउनुभएको छ । मन्त्री बरालले देशको ढुकुटी सानो हुदा शिक्षाको गुणस्तरमा उल्लेख्य परिवर्तन अझै आउन नसकेको स्पष्ट पार्नुभएको छ ।  कपिलवस्तुको बाणगंगा नगरपालिकालाई पूर्ण भर्ना नगर घोषणा गर्दे मन्त्री बरालले यस्तो बताउनुभयो । बुधबार जिल्लाको बाणंगगा नगरपालिका एक समारोहका बीच ५ देखी १२ बर्ष उमेर समुहका बालबालिका बिद्यालयमा शत प्रतिशत भर्ना भएको अबसरमा पूर्ण भर्ना नगर घोषणा भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री बरालले अहिलेको प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय शिक्षा आर्जन गरि बालबालिकालाई स्वाभिमानी बनाउने कुरा हाम्रो लागि ठूलो चुनौतीको बिषय भएको बताउनुभयो । मन्त्री बरालले देशको आर्थिक सामाजिक सांस्कृतिक परिबेशमा बाणगगंगा नगरका सबै योजनालाई प्रदेश सरकारले सम्बोधन गर्ने बताउनुभएको छ । आधुनिक बिकासको आधारशिला नै शिक्षा भएको उहाको भनाई छ ।

बाणगंगा नगरपालिकालाई पूर्ण भर्ना नगरघोषणा गरेर मात्र यहाका जनप्रतिनिधि र े कर्तब्य पूरा नहुने मन्त्री बरालले बताउनुभयो । कपिलवस्तुको बिकास लागि कपिलवस्तुकै बासी जबसम्म उठ्नुहुन्न तब सम्मका यहाको बिकास नहुने बताउनुभयो । प्रदेश ५ सरकारले बजेट , कार्यक्रम, यहाका योजनाका  बिषयमा कपिलवस्तुबासी संग हातेमालो गर्न तयार रहेको जानकारी दिनुभयो । बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको गृह नगरबाट आउने साम्प्रदायिक हिंसाका घटनाले आफू दुखित  भएको बताउनुभयो ।
                                  
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद बिष्णु पन्थीले प्रदेशलाई समृद्ध बनाउने परिकल्पनामा आफूहरु रहेको बताउदै यसका लागि सबैमा सकरात्मक सोच बिचार हुनुपर्नेमा बताउनुभयो । उहाले नगर घोषणा हुनु हामी सबैको खुसीको क्षण भएको बताउदै यो महाअभियानलाई सफल बनाउने दायित्व अब सुरुभएको बताउनुभयो । अब बाणगंगा नगरको शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने तर्फ नगर र यहाका बिद्यालयको ध्यान जानुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्रालय प्रदेश ५ सरकारका प्रदेश शिक्षा निर्देशक जित बहादुर शाहले घोषणा गर्ने कार्यक्रम गाहेको बिषय हो तर असम्भवको बिषय नभएको बताउनुभएको छ । उहाले संघिय सरकारले शिक्षामा अझ बढि लगानी गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ । उहाले बालबालिकालाई सैद्धान्ति शिक्षा भन्दा पनि ब्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनाल , प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल,  समन्वय ईकाई कपिलवस्तुका प्रमुख बाबुराम भट्राईले मानब जिवनमा सकरात्मक परिवर्तन आउने खालको बिकास अहिलेको समयमा आवश्यकता रहेको बताउनुभएको छ  ।
उहाहरुले समाज रुपान्तरण गर्ने मुख्य बिषय नै शिक्षा रहेको बताउनुभयो । अबको सरकारले भौतिक , सामाजिक आर्थिक, शिक्षाका बिकासलाई समान महत्व दिएन भने मुलक अफठ्यारोमा पर्न सक्ने बताउनुभयो ।  यसैगरि सोही पूर्ण भर्ना नगर घोषणा कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य बलराम अधिकारी , महिला नेतृ घिमला घिमीरे , नेकपा जिल्ला नेता झबिलाल पोख्रेल , डम्बर शमाले बोल्दै जिल्लाका १० वटा स्थानिय तहभन्दा आर्थिक , सामाजिक , शैक्षिक हिसबाले बाणगंगा नगर अग्रपंक्ति रहेको बताउनुभएको छ । उहाहरुले कपिलवस्तु लाई चिनाउने ऐतिहासिकता चिनारी बिषयलाई अब पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिदै शैक्षिक जनशक्तिको महाअभियानलाई अघि बढाउनुपर्ने बताउनुभएको थियो । 
कुनै जिल्लाका हरेका बिद्यालय सिकाई केन्द्र हुनुपर्ने बताउनुभएको छ । यस्तै कार्यक्रममा बिभिन्न संघ सस्था , राजनितिक दलका प्रमुख प्रतिनिधि आफ्नो दल र संघसंस्थाका प्रतिनिधित्व गर्दे आफ आफ्नो धारणा राख्नुभएको थियो । सोही अबसरमा एसईई परिक्षामा उत्कृष्ट नतिजा लिउने नगरका निजी तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरु, नगर घोषणा कार्यक्रम सपल बनाउन सहयोग गर्ने अभियानका अभियान्ता , बिद्यालयहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । भने उत्कृष्ट नतिजा लिउने बिद्यालर्थीलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । 
यसैगरि कार्यक्रममा केही दिन अघिमात्र बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरिएनुका साथै नगरका सम्पूर्ण संस्थागत र सामुदायिक बिद्यालयलाई प्रशंसा पत्र पनि दिईउको थियो । नगरका मेयर मंगल प्रसाद थारुको अध्यक्षता , उपप्रमुख चक्रपाण्ी अर्यालको धन्यावाद र नगरका श्रोत ब्यक्ति कबिराज भण्डारीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा नम्बर ५ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक भिष्मराज भुषाल र नगरकार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका सदस्य गता भुषालले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न नेपाली संस्कृतिलाई झल्काउने गित नृत्य ,ब्यङग्यात्मक नाटक समेत प्रस्तुत गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस