सशक्त संघर्ष गर्ने नेकपा क्रान्तिकारी माओवादीको निर्णय

बुटवल मङ्सिर १७ ।
सशक्त संघर्ष गर्ने निर्णय गदैं बुटवलमा जारी नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठक सकिएको छ । बैठक मंसिर १२ गतेबाट शुरु भई सोमबार सकिएको हो । राष्ट्रियता, जनतन्त्र,जनजीविका, हत्या, हिंसा, बलात्कार, भ्रष्ट्राचार, कर बृद्धि, सीमा अतिक्रमण लगायतका विषयलाई लिएर देशव्यापी सशक्त संघर्ष गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य पिताम्बर आचार्यले जानकारी दिनुभयो ।

पार्टि महासचिव मोहन बैद्य किरणले प्रस्तुत गरेको ६ पृष्ठ लामो प्रस्ताव संशोधनसहित पारित गरेको नेता आचार्यले बताउंनुभयो । बैठकमा महासचिव बैद्यको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको आज जवाफ दिएपछि बैठक सकिएको हो । बैठकले गरेका निर्णय भोली बुटवलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पोलिटव्यूरो सदस्य केबी गुरुङले बताउंनुभयो । बैठक पार्टी महासचिव बैद्यको अध्यक्षतामा बसेको हो । बैठकमा केन्द्रीय सदस्यहरु र सल्लाहकार गरि ८० जनाको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस