प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी , सबैभन्दा बढी कपिलवस्तुमा

१७ मंसिर, बुटवल ।

प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा कपिलवस्तुमा सबैभन्दा बढी अर्थात ३५.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । पश्चिम नवलपरासी र रुपन्देहीमा सबैभदा कम प्रतितशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन् । कपिलवस्तुमा ९१ हजार २ सय ६४ घर परिवार र ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या छ ।  प्रदेश योजना आयोगले केन्द्रीय तथ्यांक विभाग (२०६८) र मानव विकास प्रतिवेदन (२०१४)लाई आधार मानेर हालै तयार गरेको प्रदेश प्रोफाइल अनुसार कपिलवस्तुपछि प्यूठानमा ३२.२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

प्युठानमा २ लाख २८ हजार १०२ जनसंख्या छ । ३ लाख ३१ हजार ९०४ जनसंख्या रहेको पश्चिम नवलपरासीमा १७ प्रतिशत र ८ लाख ८० हजार १९६ जनसंख्या रहेको रुपन्देहीमा १७.३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । २ लाख ६१ हजार १८० जनसंख्या रहेको पाल्पामा २१.६ प्रतिशत, एक लाख ९७ ६३२ जनसंख्या रहेको अर्घाखाँचीमा २८.८ प्रतिशत, २ लाख ८० हजार १६० जनसंख्या रहेको गुल्मीमा २५.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ ।

यस्तै ५३ हजार १८४ जनसंख्या रहेको रुकुम पूर्वमा २६.३ प्रतिशत तथा २ लाख २४ हजार ५०६ जनसंख्या भएको रोल्पामा २६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । ५ लाख ५२ हजार ५८३ जनसंख्या रहेको दाङमा २५.१ प्रतिशत, ४ लाख ९१ हजार ३१३ जनसंख्या रहेको बाँकेमा २६.४ प्रतिशत र ४ लाख २६ हजार ५७६ जनसंख्या रहेको बर्दियामा २८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

प्रदेश ५ मा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशका सबै जिल्लाको क्रयशक्ति क्रयशक्तिमा आधारित औषत प्रतिव्यक्ति वाषिर्क आय राष्ट्रिय औति एक हजार १६० अमेरिकी डलर भदा कम रहेको छ । नवलपरासी, रुपदेही, दाङ, बाँके र बर्दियाको प्रति व्यक्ति आय एक हजार अमेरिकी डलर भदा बढी छ भने सबैभदा कम रोल्पाको ६४३ र प्यूठानको ६८१ अमेरिकी डलर रहेको छ ।

प्रतिकृया दिनुहोस