स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नं ३ मा १९ योजना छनौट 

यादव भुसाल, मंसिर १७ ।
सामुदायिक रेडियो वुद्धआवाजले विगत केहि दिन देखि कपिलवस्तु जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनीयोजन भएको वजेटको वारेमा जानकारी गराउदै आएको थियो । कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ विस्तृत विवरण लिएका छौं । कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ अन्र्गगत १९ योजना छनौट गरिएको छ । ४ करोडको योजना अनुसार निर्वाचन क्षेत्र नं ३ मा सडक, सिंचाई, विद्यालयको भौतिक पुर्वाधार र खानेपानीका लागि वजेट विनीयोजन गरिएको हो । निर्वाचन क्षेत्र नं ३ का संघिय सांसद अभिसेक प्रताप शाह क्षेत्र नं ३ अन्तर्गत स्थानीय तह, क्षेत्रवाट निर्वाचित प्रदेश सदस्यसहितको सल्लाहमा बजेटको बाँडफाँट गरिएको हो ।

जस अन्तर्गत कृष्णनगर नगरपालीका भित्र स्वच्छ खानेपानीका लागि हैण्डपाईप जनाड २० लाख, वडा नं १० सौनहवामा अधुरो प्रसुती गृह निर्माण १३ लाख, लखौरा गाँउ सडक स्तरोन्नती १२ लाख, वडा नं १२ हरिहरपुर गाँउमा नाली नर्माण र सडक मर्मत १२ लाख २० हजार, वडा नं ८ लिंकरोड देखि शिवमन्दिर जाने सडक स्तारोन्नती २० लाख, वडा नं २ महेन्द्रपार्क देखि वैक रोड सडक स्तरोन्नती ५० लाख रकम छुट्याईएको छ । विजयनगर गाँउपालीका वडा नं २ लहरौला थारु संग्राहलय अधुरो योजना निर्माणकार्यका लागि २० लाख, वडा नं ७ वडसुडुवा, ढोढरी र परसोहिया गाँउको विच सिमानामा कृषि सिंचाई ढिप वोरिग जडानका लागि ३५ लाख, वडा नं १ को नेवलागंज प्रा.विको वाल निर्माण १० लाख, वडा नं १ को जवावैराठको प्राविको वाल निर्माण १० लाख रकम विनीयोजना गरिएको छ ।

शिवराज नगरपालीका वडा नं ९ शिवगढी अन्चलपुर र वानीयाभारको विचमा पर्ने गल्छी कल्भर्ट र सडक स्तरोन्नतीका लागि २० लाख, वडा नं ३ मदवामा कृषि सिंचाई डिप वोरिड जडानका लागि ३५ लाख, वडा नं २ हल्ला नगर वाल शिक्षा माविमा भौतिक पुर्वाधार निर्माण १० लाख, वडा नं ४ वुद्धटोल देखि वाध सम्म वाटो पिसिसि गर्न १० लाख वडा नं ५ काँग्रेस चोक देखि परोहिया सडक मर्मत २५ लाख, वडा नं १ शिवपुर नेपाल आदर्श माविको भौतीक पुर्वाधार १५ लाख, वडा नं ३ मजगाँउ, वलुहवा हजुवा सडक स्तरोन्नती १० लाख, वडा नं ११ को छोटक थुनीया देखि मार्जजपुर हुदै सेमरी सम्म सडक स्तरोन्नती २० लाख र महाराजगंज नगरपालीका वडा नं ५ वढ्क भलवारी गाँउ देखि हुलाकी सडक सम्म सडक स्तरोन्नतीका लागि ५० लाख रकम विनीयोजन गरिएको छ । कपिलवस्तु जिल्लाका तीन निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लागि ५९ वटा योजना छनौट गरिएको छ । निर्वाचन क्षेत्र नं १ मा २० वटा, २ मा २० र ३ मा १९ वटा योजना छनौट भएका हुन् । ३ वटा निर्वाचन क्षेत्रका लागि आएको ४ करोडका दरले १२ करोडमा अधिकांश रकम सडक पूर्वाधारमा विनियोजन गरिएको छ । 
 

प्रतिकृया दिनुहोस