युएईले दिएको आममाफी प्रक्रिया सकियो

  मंसिर १५, युएई –

युएईले गैरकानुनी रुपमा आफ्नो देशमा बसेका विदेशी कामदारका लागि दिएको ४ महिने आममाफी प्रकृया सकिएको छ । गएको अगष्ट १ बाट सुरु भएको आममाफी प्रकृया शुक्रबारबाट सकिएको हो । आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो देश फर्किन अवसर दिइएको थियो ।

यो अवधीमा युएईमा रहेको नेपाली दूतावाससहित बिभिन्न देशका दुतावास तथा कन्सुलेटहरुले घुम्ती सेवा मार्फत गैरकानुनी रुपमा रहेका आफ्नो देशका नागरिकले वैधानिक बन्न वा आममाफी प्रक्रियामा सहभागी हुन सहयोग गरेका थिए । युएईमा अवैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको ३ महिनाको आममाफी प्रकृयालाई गएको अक्टोबर ३० बाट एक महिना लम्बाइएको थियो । आममाफी प्रकृया सकिएकाले शनिबारबाटै अबैध कामदार भेटिए कडा कारबाही गरिने युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले जनाएको छ ।
भिसाको अवधि सकिएर बसेका, आएको कम्पनी छोडेर भागेर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भए ।

गम्भिर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने आफ्नो देश फर्किन पाएनन् । गैरकानुनी रुपमा बसेका नेपालीलाई युएईमा रहेको नेपाली दूतावासले ट्राभल डकुमेन्ट उपलब्ध गराएर सहजिकरण गरेको थियो । 

प्रतिकृया दिनुहोस