कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ मा सडक मर्मतमा २ करोड वढि रकम विनीयोजना 

यादव भुसाल, मंसिर १५।
कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ४ करोड रकम अन्तर्गत २० वटा योजनाका लागि ३ करोड ९८ लाख २० हजार रकम विनीयोजना गरिएको छ । जसमा १ लाख ८० हजार अर्थात ०.४५ प्रतिशत प्रशासनिक खर्चको लागि छुट्याईएको छ । निर्वाचन क्षेत्र अन्तर्गत वाणगंगा नगरपालीका, मायादेवी र सुद्धोधन गाँउपालीका पर्दछन् । जसमा वाणगंगा नगरपालीका क्षेत्र भित्र १२ वटा योजनाका लागि २ करोड ३८ लाख रकम छुट्याईएको छ । यस्तै सुद्धोधन गाँउपालीका अन्तर्गत ३ वटा योजनाका लागि ८५ लाख र मायादेवी गाँउपालीका अन्तर्गत ४ वटा योजनाका लागि ६५ लाख रकम छुट्याईएको छ । वाणगंगा नगरपालीकाको ११ वटा वडामा वढि योजना ११ नम्वरमा ३ वटा परेका छन् भने वडा नं १, २ मा योजना नै समावेश गरिएको छैन् ।

वाणगंगामा ५० लाख माथीको १ वटा, २५ लाख माथीका ३ वटा, १५ लाख माथीका ४ वटा र १० लाख माथीका ४ वटा योजना रहेका छन् । एउटा निर्वाचन क्षत्रे संग जोडीएको कपिलवस्तु नगरपालीकाको वडा नं ७ को वदगदवा गाँउको दक्षिण कुलामा कल्र्भटका लागि १० लाख रकम विनीयोजना गरिएको छ । संघिय सांसद चक्रपाणी खनाल वलदेवको निर्वाचन क्षेत्र नं १ अन्तर्गत स्थानीय तह, क्षेत्रवाट निर्वाचित प्रदेश सदस्यसहितको सल्लाहमा बजेटको बाँडफाँट गरिएको हो । जस अनुसार सडक विकास, मर्मत, स्तरोन्नती, कालोपत्रे र पिसीसीका लागि ११ वटा योजना छनौट भएकोमा २ करोड २६ लाख २० हजार रकम छुट्याईएको छ । यस्तै २ ठाँउमा हथौसा मर्थी पुल निर्माणका लागि २७ लाख र पतरीया छपीया जोड्ने पुल निर्माणका लागि २५ लाख गरि पुल निर्माणमा ५२ लाख, वाँध निर्माणका लागि २ ठाँउमा ३० लाख, र पुर्वाधार विकास अन्तर्गत ३ ठाँउमा कल्भर्ट निर्माण र पत्रकार महासंघको भवन निर्माणका लागि ३० लाख रकम विनीयोजना गरिएको छ । यस्तै शिक्षाको विकासका लागि सुद्धोधन ४ मा कन्या कलेज स्थापना र मदरसा र स्कुललाई फर्निचर निर्माणका लागि ६० लाख रकम छुट्याईएको छ । यसरी छुट्याईएका  योजनाहरु स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार गरिएको हो ।

कार्यविधि अनुसार १० लाख भन्दा माथीका योजना छनौट गर्नु पर्ने र भौतिक पुर्वाधार विकास अन्तर्गत गर्नु पर्ने भनी नीतिगत व्यवस्था अनुसार वढि योजनाहरु छनौट गरिएको हो । यसरी छनौट भएका २० वटा योजना मध्ये कार्यविधि अनुसार निर्वाचन क्षेत्र नं १ मा खानेपानी, सरसफाई, फोहरमैला व्यवस्थापन, एतिहाँसिक, कला, साहित्य, पुरातात्वीक र पर्यटकीय स्थलको संरक्षण मर्मत संहार, प्रकोप व्यवस्थापन, नविकरणीय उर्जा, स्वास्य संस्थाको सुधार, कृषि उपज संकलन केन्द्र जस्ता क्षेत्रमा भने वजेट विनीयोजन गरिएको छैन् । यसरी छनौट भएका योजनाहरु नगरपालीका तथा गाँउपालीकावाट कार्यान्वयनमा आउने छन् । 

प्रतिकृया दिनुहोस