कपिलवस्तुमा गहुँको विउ अभाव 

कपिलवस्तु १५ मंसिर।
कपिलवस्तु जिल्लाको दोश्रो मुख्य बालीको रुपमा रहेको गहुँको विउँ जिल्लामा अभाव भएको छ । गहुको वीउ नपाएपछि कषकहरु मर्कामा परेका छन् भने बजारमा बीउ अभावले गर्दा मुख्य तथा दक्षिणी क्षेत्रका किसानले गहु खेतमा छर्न समेते पाएका छैनन् । गत वर्षको पुरानो वीउ पनि मंहगो भएकाले अहिले गहु खेती गर्नेको संख्यामा कमी आउने देखिएको छ । वीउ अभावले गर्दा जिल्लामा गहु उत्पादन प्रभावित हुने भएको हो । दुई बर्र्ष अघि सम्म सरकारले छुट र अनुदानमा गहँुको बीउ उपलब्ध गराउदै आएपनि यस बर्ष जिल्लाका १० वटै स्थानीय निकायले गहुको बीउमा अनुदान दिने कार्यक्रम नल्याएपछि कृषकहरु मर्कामा परेका हुन् ।  

कृषीमन्त्री नै आफनो जिल्लाको भए पनि सरकारले समयमै अनुदानको बिउ र मल उपलब्ध नगराए पछि बाध्य भएर भारतिय सुरक्षाकर्मीको सास्ती खेप्दै मल, बिउ ल्याउनु परेको किसानको गनासो रहेको छ । भारतीय सीमाना छेउ भएका गाउलेहरुले भारतबाट मंहगोमा वीउ किन्न बाध्य छन् । कृषि ज्ञान केन्द्र अनुसार जिल्लामा २७ हजार बढी हेक्टरमा गहु खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सहरसाम यादवले आफनो कार्यालयले प्राबिधक ज्ञान मात्र दिने गरेको वताउदै कृषि उपज तथा बीउ बिजनमा अनुदान दिने नदिने बिषय स्थानीय निकयको क्षेत्राधिकार रहेको उहाँको भनाई रहेको छ । 
 

प्रतिकृया दिनुहोस