वित्तिय पुँजीलाई औद्योगिक क्षेत्रमा लगानी गर्न संविधान सभा सदस्य उपाध्यायको जोड 

पार्वती पाण्डे ,कपिलवस्तु १४ मंसिर .
वित्तिय पुँजीलाई औद्योगिक क्षेत्रमा लगानी गर्न संविधान सभा सदस्य डोरप्रसाद उपाध्याले जोड दिनुभएको छ । उहाले सहकारीबाटै समृद्धीको नेतृत्व गाउबाटै थाल्ने उद्घोष पनि गर्नुभयो । शुक्रबार बिनायक बचत तथा ऋण सहकारी संस्था वाणगंगा कपिलवस्तुको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उहाले यस्तो बताउनुभएकोे हो । अधिवेशनको समुद्घाटन गर्दै उपाध्यायले २०४८ साल अगाडि र पछाडि ठुलो अन्तर देखिएको स्पष्ट पार्नु भयो । सरकारले ल्याएको सहकारीको अवधारणा अनुरुप सहकारी जानु पर्ने उहाँले तर्क गर्नु भयो ।  मुलुक आर्थिक समृद्धिमा गएकोले अब सहकारीहरुले पनि सहकारीको मर्म अनुरुप गई शेयर सदस्यहरुको आर्थिक उपार्जनमा लगानी गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका उपाध्यक्ष तेजप्रसाद आचार्यले सहकारी मार्फत थुप्रै युवाहरुले काम पाएको बताउनु भयो । सहकारीले मुलुकको अर्थतन्त्रमा ठुलो सहयोग पुर्याएको बताउनु भयो । उहाँले अगाडि भन्नु भयो सहकारीको अबधारणा अनुरुप प्रदेश नं ५ को कपिलवस्तुमा नमुना सहकारी  सस्तो पसल खोल्ने प्रक्रिया अगाडि बढेको र प्रदेश सकार सँग कुरा अगाढि बढेको उहाँले जनाउनु भयो । संस्थाका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता सचिव खिमानन्द पौडेलको सञ्चालन र उपाध्यक्ष मुक्तिराम कडेलको स्वागतमा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार द्रोणराज सुबेदी , प्रेस चौतारीका केन्द्रिय सदस्य पार्वती पाण्डे,  सिद्धार्थ वचत तथा ऋण सहकारीका सुर्यकुमारी शाही , सिर्नजी वचत तथा ऋण सहकारीका कृष्ण प्रसाद पाण्डे, लालि गुराँस वचत तथा ऋण सहकारीका  शंकर पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी  र नियमित रुपमा कर्जा बुझाउने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सभामा सचिव पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णु प्रसाद न्यौपानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरिएको थियो । आज भन्दा ५ वर्ष अगाडि खोलिएको सहकारीमा ३ सय शेयर सदस्य रहेका छन । जसमा महिला ९५ र पुरुष २सय ५ रहेको सहकारीका सहसचिव सुमित्रा उपाध्यायले जानकारी दिनु भयो ।  नेतृत्व सर्वसम्मत हुने वुझिएको छ ।  

प्रतिकृया दिनुहोस