महाराजगञ्ज बजारको मुहार फेर्ने बृहत योजना लागु 


यादव भुसाल, मंसिर १५।
कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको  ४ करोड मध्ये ठूलो योजनाको रुपमा महाराजगंज नगरपालीका वडा नं १ को वजार सुन्दरीकरणका लागि १ करोड छुटयाईएको छ । त्यसैगरि  अर्को ठूलो योजनामा यशोधरा गाँउपालीकाको वडा नं ६ मा नाली, सडक र वाल निर्माणका लागि ५० लाख रकम छुट्याईएको छ । कूल २० वटा योजनाका लागि ३ करोड ९८ लाख २० हजार रकम विनीयोजना गरिएको हो । संघिय सांसद विर्जेश कुमार गुप्ताको निर्वाचन क्षेत्र नं २ अन्तर्गत स्थानीय तह, क्षेत्रवाट निर्वाचित प्रदेश सदस्यसहितको सल्लाहमा बजेटको बाँडफाँट गरिएको हो । 

सामुदायिक रेडियो बुद्ध आवाजले केही दिनयता स्थानिय पूर्बाधार बिकास कार्यक्रमको बिस्तृत बिवरण प्रस्तुत गर्ने क्रममा क्षेत्र नम्बर २मा रहेका मुख्य योजना समाबेश गरिएको छ । जस अन्तर्गत महाराजगंजको १ देखि ८ वडा सम्म खानेपानी हैण्डपाईप जडानका लागि १० लाख र वडा नं १ को फलहारी वावा वहुमुखि क्याम्पसको भौतीक पुर्वाधार निर्माणका लागि १० लाख रकम छुट्याईएको छ । 

यसैगरि वुद्धभुमि नगरपालीकाको वडा नं ४ मोर्मा देखि प्रतापुर सडक स्तरोन्नतीका लागि २० लाख, वडा नं ९ को सातवास देखि फतेपुर वाँसको रुख सम्म कालोपत्रे सडक निर्माणका लागि १२ लाख, वडा नं ४ को भृकुटि माविछेउ देखि करनौलिया, सितापुर हुदै जोतपुरचोक सम्म सडक स्तरोन्नतीका लागि १० लाख, वडा नं १ चगठिनीया मन्दिर निर्माणका लागि १० लाख, वडा नं ९ मा रहेको वुद्धभुमि क्याम्पस भौतिक पुर्वाधार निर्माणका लागि १५ लाख, वुद्धभुमि नगरपालीकाका विभिन्न वडा र वडा नं ५ र ८ को विभिन्न गाँउमा हैण्डपैम्प, स्यालो ट्युवेल जडानका लागि ३१ लाख २० हजार रकम छुट्याईएको छ । 

यस्तै कपिलवस्तु नगरपालीकाको वडा नं ४ देखि १२ को लौसा, विठुवा सम्म सडक कालोपत्रे १५ लाख, वडा नं ४ कोदहवामा सामुदायिक भवन निर्माण १० लाख, वडा नं ६ शिपुरामा सडक मर्मत १० लाख, कपिलवस्तु वहुमुखि क्याम्पस पुर्वाधार निर्माण २० लाख, वडा नं २ कुदानको सिंचाई नालामा कल्र्भट तथा गेट एवं कुलो मर्मत १० लाख रकम रहेको छ । 

यसैविच यशोधरा गाँउपालीकाको वडा नं २ विचली भडेहराको लोकतान्त्रीक स्कुल देखि रखसवा सडक मर्मत र कुलो निर्माणका लागि १५ लाख, वडा नं ३ को हरदेवा गाँउमा वाटो मर्मतका लागि १५ लाख, वडा नं ५ कचहरीहिवा देखि लौहरैली सम्म कुलो मर्मत र गेट निर्माण २० लाख र सवै वडामा खानेपानीका लागि पाईप जडानका लागि १५ लाख छुट्याईएको छ । 

प्रतिकृया दिनुहोस