कपिलवस्तुका गाउ र नगरमा खडेरी 

बिकास थापा,कपिलवस्तु मंसिर १४।
कपिलवस्तुका १० वटा स्थानिय तहमा कर्मचारीहरुको चरम अभाव देखीएको छ । जसमा ६५ जना कर्मचारी दरबन्दी सङख्या रहेको कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मात्र १० जना कर्मचारी कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत षडकुमार पोख्रेलले बताउनुभएको छ । कृष्णनगर नगरपालिकामा ५५ जनाको दरबन्दी खाली रहेको छ । यता जिल्लाको अर्को नगरपालिका महाराजगञ्जमा पनि कर्मचारीहरुको चरम अभाव रहदा जनतालाई दिने काम र पूर्बाधार बिकासका काममा ढिलासुस्ती भएको छ । ३९ जना कर्मचारी दरबन्दी संख्या रहेकोमा २० प्रतिशत कर्मचारी मात्र कार्यरत रहेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डोलराज ढकालले जानकारी दिनुभयो । उहाले सरकारले समयमा कर्मचारी नगरमा नखटाउदा काममा समस्या भएको बताउनुभएको छ ।  
स्थानियले पनि समयमा काम नभएको भन्दै बरम्बार नगरसमक्ष आएर गुनासो गर्ने गरेको उहाको भनाई छ । यता जिल्लाको अर्को नगरपालिका बाणगंगा नगरपालिकामा पनि सरकारले स्विकृत गरेको कर्मचारी दरबन्दी संख्या भन्दा आधा कर्मचारीमात्र नगरपालिकामा कार्यरत रहेका छन । ९५ कर्मचारी दरबन्दी रहेको नगरमा मात्र ४२ जना कर्मचारीले कार्यसञ्चालन गरेको अवस्था छ । बाकी ५२ जना दरबन्दी पद रिक्त रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर थापाले जानकारी दिनुभयो । १० वटा स्थानिय तहमध्येको सबैभन्दा बढी जनसंख्या भएको बाणगंगामा कर्मचारीको अभावले काममा ढिलासुस्ती भएको छ । यसैगरि बुद्धभुमि नगरपालिकाम पनि सरकारद्धारा स्विकृत दरबन्दीमा ठूलो संख्या रिक्त हुदा काममा समस्या आउने गरेको छ । ७९ जना कर्मचारीको दरबन्दी रहेको नगरमा मात्र ३९ जना कर्मचारी कार्यरत रहेको बुद्धभुमि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले जानकारी दिनुभयो । बुद्धभुमिमा अझै ४० कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।   
उता शिबराज नगरपालिकामा पनि कर्मचारी अभावको संख्या उस्तै रहेको छ । ६७ जना कर्मचारीको दरबन्दी सरकारले स्विकृत गरेपनि समयमा कर्मचारी नखटाउदा मात्र १८ जना कर्मचारीको भरमा नगरपालिका चलिरहेको छ । ६७ जनाबाट हुने काम मात्र १८ जनाबाट हुदा स्थानियहरु असन्तुष्ट भएका छन । यहा अझै ४९ जना कर्मचारीको पद रिक्त रहेको छ । यसैगरि जिल्लाको अर्को सबैभन्दा पूरानो सदरमुकाम स्थित कपिलवस्तु नगरपालिकामा पनि कर्मचारी अभावले काममा दिनहु समस्या आउने गरेको छ । ७९ जना कर्मचारीको दबरबन्दी संख्या रहेको नगरमा अहिले ५१ जनामात्र कार्यकरत रहेको र २८ पद रिक्त भएको नगरपालिकाले जनाएको छ ।
यता कपिलवस्तुका ४ गाउपालिकामा पनि सरकारले स्विकृत गरेको कर्मचारी नहुदा धेरै पद रिक्त रहेका छन । यसले प्रत्यक्ष गाउपालिका सञ्चालन र स्थानियले पाउने सेवा सुबिधिमा समस्या देखीएको छ । कपिलवस्तुको बिजयनगर गाउपालिकामा ४५ जनाको दरबन्दी भएतापनि ३१ जनाले मात्र गाउपालिका सञ्चालन गर्दै आएका छन । यहा अझै १४ पद रिक्त रहेको बताईएको छ । यसैगरि जिल्लाको अर्को गाउपालिका यशोधरा पनि कर्मचारीको अभाव रहेको छ । यहा सरकारले स्विकृत गरेको ३५ जना कर्मचारी दरबन्दी संख्या अनुसार मात्र १९ जना गाउपालिकामा कार्यरत रहेका छन । भने १६ कर्मचारी पद संख्या रिक्त रहेको छ । यस्तै मायादेबीमा स्विकृत दरबन्दी २५ रहेकोमा ९ जना कार्यरत छन । १६ जनाको दरबन्दी अहिले पनि रिक्त रहेको सुचना प्रबिधि अधिकृत राम चन्द्र चौधरीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस