छातीको भाग जोडिएको अवस्थामा जन्मिएका भुटानका जुम्ल्याहा बच्चाको शल्यक्रिया सफल

 कात्तिक २४-

भुटानमा शरीरको छातीको भाग जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको शल्यक्रिया सफल भएको छ । १५ महिनाका ती जुम्ल्याहा बच्चाको डाक्टरहरुले शुक्रबार शल्यक्रिाया गरेका थिए । ६ घण्टाको समय लगाएर डाक्टरहरुले बच्चाको शल्यक्रिया गरेका हुन् ।
भुटानमा जन्मिएका ती जुम्ल्याहाको अष्ट्रेलियाको मेनबर्न शहरको एक अस्पतालमा शल्यक्तिया भएको हो ।

तिनीहरुको शरीर छुट्याउने शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले च्यारिटी शो गरेर खर्च जुटाइएको थियो । चिल्ड्रेन फस्ट फाउन्डेसनले च्यारिटी शो गरेर बच्चाहरुको उपचारका लागि खर्च जुटाएको छ । डाक्टरहरुले दुई बच्चलाई छुट्याउने शल्यक्रिया गर्न तीन लाख ५० हजार अमेरिकी डलर भन्दा बढी खर्च हुने बताएका थिए ।

निमा र दावा नाम गरेका ती बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए । मेलबर्नको रोयल चिल्ड्रेन हस्पिटलका डाक्टरहरुले शुक्रबार उनीहरुको सफल शल्यक्रिया गरेका हुन् । उनीहरुको कलेजो जोडिएको थियो ।शल्यक्रिया १८ जना चिकित्सकको टोलीको सहभागिता थियो । भुटानको सरकारले उनीहरुको उपचार खर्च दिने जनाएको छ ।

प्रतिकृया दिनुहोस