झिनीयाको व्यापारवाट महिलाहरु राम्रो आम्दानी गर्दै

पार्वती पाण्डे, कार्तिक-
तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँको व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ । तिहार पर्वमा बढी प्रयोगमा आउने झिनियाँ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक ढङ्गले महिलाले यो व्यवसाय संचालन गर्दै आएका छन् । कपिलवस्तुका विभिन्न ठाउँका महिलाले यसको व्यापारबाट राम्रो कमाई गर्न सफल भएका हुन् । कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि व्यावसायिक ढङ्गले झिनियाँको व्यापार गर्दै आएको कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नं ४ ठाकुरापुरकी सुनिता श्रेष्ठले वताउनु भयो । श्रेष्ठले यो व्यवसाय विगत अघिदेखि निरन्तर रुपमा गर्दै आउनु भएको छ । उहाँलाई अहिले झिनियाँ बनाउने र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । राम्रो आम्दानी हुने भएकोले आफुहरु यस व्यवसायमा लागेको र यसले गर्दा आफ्ना छोराछोरीको शिक्षामा पनि सहयोग पुगेको तथा घरखर्च पनि राम्रो संग चलेकोे सामुदायिक रेडियो वुद्धआवाजको वुद्धखवरका लागि वताउनु भयो
श्रेष्ठले विशेष गरी तिहार पर्वका बेला यसको बिक्रीबाट राम्रो आम्दान गरेको वताउनु भयो । व्यवसाय गर्नको लागि उहाँका श्रीमान् चन्द्र श्रेष्ठले पनि नियमित सहयोग गर्दै आउनु भएको छ । अन्य बेला पनि व्यापार निरन्तर भइरहन्छ तर तिहारमा अत्यधिक बिक्री हुने हुँदा बनाउन भ्याइनभ्याइ भएको श्रेष्ठले वताउनु भयो । श्रीमान्को सहयोगमा यो व्यवसायमा हात हालेको उहाँको भनाई रहेको छ । उहाँले तयार गरेको झिनीया लिनका लागि उहाँको घरमै आउने गरेको र पुजा आजा, चाडपर्वमा सप्तरंगी झिनियाँको माग हुदै आएको उहाँले वताउनु भयो । यसलाई आफुले वनाउने र थोक तथा फुटकरमा वेच्ने गरेको धारणा राख्नु भयो । माग अनुसार आफुले सानो ठुलो जस्तो पनि जस्तो पनि झिनीया वनाउने उहाँको भनाई रहेको छ ।
 

 

प्रतिकृया दिनुहोस