जगदिशपुर ताल केन्द्रित प्रहरी पोष्ट राख्न पहल :प्रहरी उपरिक्षक पूडासैनीको

विकास थापा, कार्तिक २१-
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम प्रसाद पूडासैनीले नेपाल सरकारले पर्यटकीय गन्तब्यको रुपमा छनौट गरेको प्रदेश नम्बर ५ को पर्यटकीय स्थल जगदिशपुर ताललाई केन्द्रित गरि अस्थाई प्रहरी पोष्ट राख्ने पहल भैरहेको बताउनु भएको छ । उहाले आज सामुदायिक टेलिभिजनको वुद्धआवाजको बिशेष कार्यक्रम समय सन्दर्भमा बोल्दै यस्तो बताउनु भएको हो । पछ्रिल्लो समयमा कपिलबस्तुमा ब्यवसायिक रुपमा जुवाखाल सञ्चालनमा आएको समाचार आईरहेको बताएपनि अझैसम्म प्रहरीले त्यसलाई फेला पार्न नसेको उपरिक्षक पुडासैनीले बताउनुभयो । ब्यावसायिक रुपमा जुवाखाल सञ्चालन नियन्त्रणमा ब्यापक प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख पुडासैनीले बताउनुभयो । साथै उहाँले अगाडी भन्नु भयो ः

उहाले तिहारको सन्दर्भमा हुन सक्ने घटना, भारतबाट भित्रीने पटका, बिस्फोटक जन्य पदार्थलाई रोक्न सिमाक्षेत्रमा बिशेष निगरानी गरिहेको बताउनुभयो । यस्ता बिस्फोट जन्य पदार्थ फेला पारे यस्तो कार्यमा संलग्न ब्यक्तिलाई कानुनअनुसार कैद र जरिवानको सजाय हुने बताउनुभएको छ । कपिलवस्तु जिल्लामा १ हजार प्रहरीको दरबन्दी भएता पनि अहिले ८ सय मात्र कार्यरत रहेको उहाको भनाई छ ।

कपिलवस्तुमा खुल्ला सिमानाको फाईदा उठाएर अपराधि सक्रिय रहेको उहाले बताउनुभयो । नेपाल प्रहरीले सञ्चालन गरेका प्रहरी मेरो साथ र समुदाय साझेदारी कार्यक्रमले जनता र प्रहरीको सम्बन्धलाई मजबुत बनाएको उहाको तर्क छ । स्थानीय समुदाय र प्रहरीबीच आपसी समन्वय हुन सके मात्र सुरक्षा र विकास सम्भव रहेकोले सधै एकजुट भएर अघि बढनुपर्ने उहाले औल्याउनुभएको छ । उपरिक्षक पुडासैनीले कतै पनि प्रहरी संलग्नतामा कुनै आपराधिक क्रियाकलाप हुन नदिने र शान्ति सुरक्षा तस्करी नियन्त्रणमा समेत प्रतिबद्धता जनाउनुभएको छ ।

 

प्रतिकृया दिनुहोस