बाणगंगामा जनप्रतिनिधी र स्थानियबीच रोचक सवालजवाफ 

जीतपुर २० कार्तिक- 
बाणगंगाको टोलीले चिन भ्रमण गरेर खर्च गरेको उपलब्धी के  हो ? चुनाव जितेको एक महिना भित्रमा भूमीहिन समस्या समाधान गर्छाै भनेको  स्मरणमा छ छैन ? चुनावका वेला जीतपुरमा वनाउछौं भनेको आकासे पुल कहिले बन्छ ?जस्ता कडा प्रश्नको ओइरो जव सहभागिवाट लाग्न थाल्यो चिसो बढ्दै गरेको मौषमका बीच पनि जनप्रतिनिधीका अनुहारमा पसिना आउने वातावरण बन्यो । यो प्रसंग हो जीतपुर ४ नम्वरमा जेसिस सप्ताह अन्तर्गत राखिएको जनप्रतिनिधीसंग  सिधासवाल कार्यक्रमको । मंगलवार भएको कार्यक्रममा यी प्रश्नहरु क्रमश प्रदेश सांसद विष्णु पन्थी, वाणगंगाका मेयर मंगलप्रसाद थारु र उपमेयर चक्रपाणी अर्याललाई नागरिकले राखेका हुन् । जनताका सिधा प्रश्नको जवाफ दिदै प्रदेश सांसद पन्थीले चिनमा गरेको भ्रमणपछि वाणगंगा संगको सहकार्य स्वयम नगरकै कारण केहि ढिलाई भएको बताउनु भयो । उहाले अव केहि महिनाभित्रै आपसी सहकार्यको थालनी हुने वताउनु भयो । मेयर मंगल प्रसाद थारुले भूमिहिन समस्याको समाधान संघ र प्रदेशले चाहेमा हुने वताउदै नगरले मात्रै समाधान गर्न नसकेको वताउनु भयो । उपमेयर चक्रपाणी अर्यालले चुनावमा वोलेका कुरा पुरा गर्ने दोहोराउदै जनघनत्व वढ्दै जादा जीतपुरमा आकासेपुल बन्ने प्रतिवद्धता दोहोराउनु भयो । यी र यस्तै प्रश्न र जवाफको श्रृंखला करिव डेढघण्टा बढी चल्यो । सो क्रममा नागरिकले विधुत सिंचाई,कालोपत्रे सडक ,सामुदायिक विद्यायल प्रतिको लगानी ,नगरको स्वच्छता आदी सवालमा प्रश्नहरु राखेका थिए।सो अवसरमा विभिन्न वडाध्यक्षहरुलाई समेत सहभागिले प्रशन गरेका थिए । सो अवसरमार साताब्यपाी विभिन्न प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो । जेसिस बर्ष २०१८ ले गरेको साताब्यापी रुपमा गरेका कार्यक्रमहरु समारोहका बीच सम्पन्न भएको हो । साताभरि भएको मिनी म्याराथन, मैत्रीपूर्ण फुटवल, ट्राफिक सचेतना, बक्तृत्वकला, रक्तदान लगाएतका कार्यक्रमहरुमा उत्कृष्ट हुनेलाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो । यसैबीच जेसिस सप्ताह अन्तर्गत सामुदायिक अस्पतालमा भएको रक्दान कार्यक्रममा ७३ प्वाईन्ट रगत संकलन भएको थियो । जेसिजका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षता, गुरुदेब पौडेलको स्वागत मन्तब्य, जेसि मनोज कुमार खत्रीको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको सञ्चालन रमेशचन्द्र भुषालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस