मायादेबी रगंशालको मुहार केही समयमै परिबर्तन हुने : मन्त्री खनाल

बिकास थापा कपिलवस्तु कार्तिक २०-
सरकारले खेलकुदलाई ब्यवस्थित ढङगबाट अगाडी वढाएर गएमा पर्यटन संगै नेपाललाई विश्वभर चिनाउन सकिने कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल बलदेबले बताउनु भएको छ । नेपाल सरकार र युवा खेलकुद बिकास मन्त्रालयको निती केन्द्र प्रदेश र स्थानिय तहबाट खेलकुदलाई विकास गर्दै लैजाने भएको कुरामा उहाँले जोड दिनु भयो । सनसराईज सामाजिक बिकास मञ्च बाणंगगा बोडगाँउले आयोजना गरेकोे प्रदेश स्तरीय खुल्ला नकआउट प्रतियोगिताको समापन समारोहमा बोल्दै उहाले मञ्चले थालनी गरेका कामहरु प्रशंसनिय रहेको हुदा यस्ता कामहरुको सिको अरु संंघसंस्थाले पनि गर्नुपर्नेमा जोड दिन्ुभयो । नेपालमा खेलिने खेल मध्य सबैभन्दा सानदार रुपले नेपालको नाम बिश्वभर चिनाउने खेल नै क्रिकेट भएको मन्त्री खनालले वताउनु भयो ।
फरक प्रशंगमा बोल्दै मन्त्री खनालले बाणगंगा नगरमा पछिल्लो समय लागुऔषध कारोबारमा बढि युवाहरु संम्लग्न भएको तथ्याङ आईरहेकाले खेलको माध्यमबाट यसलाई न्युनिकरणमा लाग्न सवैमा आग्रह गर्नु भयो । संघ संस्थाले युवाका लागि राम्रा कार्यक्रमहरु गरियो भने केन्द्र सरकारबाट नै सहयोग गर्न आफू पछि नपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । युवाका क्षेत्रमा नगर र वडाले पनि विभिन्न कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो । यस्तै मायादेबी रगंशालको मुहार केही समयमै परिबर्तन हुने र यसका लागि आफुले काम गर्ने  प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य गिरिधारिलाल न्यौपानेले खेलकुदलाई प्रर्यटन प्रबद्र्धनको रुपमा अघी बढाउन सकिने भएकाले सबै मिलेर अघि बढनुपर्ने बताउनुभयो । यस्तै जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका अध्यक्ष छबी रेश्मीले खेलकुद क्षेत्रलाई राष्ट्रको प्रमुख अगंको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान् तथा मायाको चीनो प्रदान गरिएको थियो । सनराईज बिकास सस्था मञ्च बोडगाउका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा बिभिन्न राजतिनिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय जन प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, प्रहरी, खेलप्रमी, समाजसेवी, बुद्धदीजिबी, पत्रकार लगाएतको सहभागीता रहेको कार्यक्रम संचारकर्मि अशोक पौडेलको संचालमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस