“यो तिहारमा नाचिन्छ गाईन्छ अर्को साल त मरिन्छ बाचिन्छ” गीत गाउदै माद बनाउन ब्यस्त

बिकास थापा कपिलवस्तु कार्तिक -
गाउँ शहर बजारमा देउसी भैलोको माहोल ताते सँगै कपिलवस्तुको बाणगंगा नगरपालिका ६ गणेशपुरमा एक घरका परिबार अहिले मादल बनाउनको लागि निकै ब्यस्त देखिन्छन् । बिहान ७ बजेको थियो देउसी भैलोको गित “यो तिहारमा नाचिन्छ गाईन्छ अर्को साल त मरिन्छ बाचिन्छ” भन्दै गित गाउदै हुनुहुन्थ्यो त्यो परिबारको एक सदस्य । ७२ बर्षिय प्रेमलाल गन्धर्ब मादलबाट पुरानो खरि निकालेर नँया खरि राख्दै हुनुहुन्थ्यो । गाउँ घरमा देउसी भैलोे शुरु हुन लाग्यो मादल बिग्रेकोले दिनमा ५÷६ जना बनाउन आएउने गरेको उहाको भनाई छ । सांस्कृति कार्यक्रममा मादलको प्रयोग भएपनि बनाउने ठाँउ कँही छैन । बनाउने मान्छे पनि कोही नभेट्ने गरेको मादल बनाउन अर्घाखाचीबाट आउनुभएका गोबिन्द मगरले बताउनुभयो । ७२ बर्ष काटेका ति प्रेमलाल गन्धर्ब , बुहारी बिन्दु गन्धर्ब अहिले निरन्तर रुपमा मादल बनाउदै आउनुभएको छ ।


गाउ शहर तिहारले छोपिसक्दा गन्धर्ब ती परिबलाई भने आफ्नो घरमा रहेको मादल बनाउनको लागि भ्याई न भ्याई भएको छ । सानैमा बुबाले मादल बनाएको हेर्थे अनि म पनि ८ बर्षको उमेरदेखी मादल बनाउन लाग्य अहिले फेरि बुहारीलाई सिकाईरहेको भन्नुहुन्छ ।७२ बर्षिय प्रेमलाल गन्धर्ब । मादल बनाउन थाले पछि उहाको घरमा नै मादल किन्ने र बनाउन मानिसहरु विभिन्न ठाउँ बाट आउन थाले पछि राम्रो आम्दानी हुन थालेको उहाको भनाई छ । उहाले बनाएको मादल किन्न र मर्मत गर्नको लागि स्थानिय क्षेत्र लगायत बुटवल, पाल्पा, भैहरवा, अर्घाखाची बाट मानिसहरु आउने गरेको उहाको भनाई छ । विशेष गरेर अरु समयमा भन्दा तिहार र तिज पर्वको अवसरमा मादल किन्नेको चाप बढ्ने हुदा यो समयमा अलिक ब्यस्त हुने र कमाई पनि राम्रै हुने उहाको भनाई रहेको छ । उहाको काममा उहाको बुहारी, छोरा, नातिनीले मिलेर मादल बनाउनको लागि सघााउने गर्दछन् । गन्धर्बका छोराले पनि अहिले मादल बनाउनै आजभोली ब्यस्त देखिनुहुन्छ । तिजदेखि तिहार सम्मको समय सबै भन्दा धेरै मादल बक्ने समय हो । यो समयमा छोरा बुहारीले पनि बुबालाई काममा सघाउने गरेका छन । मादल बनाउनको लागि माग आउने गरे पनि कच्चा पदार्थ नपाईदा पेशा संकटमा जाने डरपनि यो गन्धर्ब परिबारमा रहेको छ । 


बिहान ५ बजे उठे पछि आफ्नो काम सुरु गर्दै राती ८ बजे सम्म कामलाई निरन्तरता दिदै आउनुभएको भएको छ । उहाले बनाएको एउटा मादलको मुल्य ४ देखि ९ हजार सम्म पर्दछ भने पुरानो मादलमा खरि लगाएको , छाला सहित खरि लगाएको फरक फरक मुल्य रहेको छ । पछिल्लो समयमा देउसी भैलो खेल्दा डेग साउण्ड स्टिमको प्रयोग बढदै जादा मादल बनाउने पेशामा प्रभाव पनि पारिरहेको बुहारी बिन्दु गन्धर्बले बताउनुहुन्छ । नमस्कार , यो गणेशपुर वडा नम्बर ६ मा त पर्छ होलानी हई म अलि झुक्किएको छु । तस्बिर पनि समाबेश गरेको छु ।
 

प्रतिकृया दिनुहोस