सरकारले तोकेका नयाँ १०० पर्यटकीय गन्तव्यमा कपिलबस्तुका ४ स्थान पर्न सफल ।।

अविनास वेल्वासे÷कार्तिक -
नेपाल सरकारले पर्यटन प्रबद्र्धनका लागि सार्बजनिक गरेका १ सय वटा नयाँ पर्यटकीय गन्तव्यको सुचीमा कपिलबस्तु जिल्लाका ४ स्थान पर्न सफल भएका छन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो । मन्त्रालयले सार्बजनिक गरेको सुचिमा कपिलबस्तुको निग्लिहवा, मायादेबी तिलौराकोट पैदल परिपथ, जगदिशपुर ताल र कपिलबस्तु नगरपालिका २ ठुलो बर्गदवा स्थित सागर ताल पर्न सफल भएका छन । र्साबजनिक गरिएको सुचिमा निग्लिहवा र मायादेबी तिलौराकोट पैदल परिपथलाई स्थापित तथा प्रबद्र्धन गरिनुपर्ने गन्तव्यहरु र जगदिशपुर ताल र सागर ताललाई नया तथा बिकास गरिनुपर्ने गन्तव्यहरुका रुपमा बर्गिकरण गरिएको छ । निग्लिहवा र जगदिशपुर ताल कपिलबस्तु नगरपालिका वाड नं. ९ मा पर्दछन । ५ नं. प्रदेशबाट मात्रै ३ दर्जन गन्तव्य १०० वटा को सुचिमा समेटिएको छ । जसमा पश्चिम नवलपरासीका बालमिकी आश्रम र रामग्राम, रुपन्देहीका लुम्बिनी, ग्लोबल पिस पार्क, बाउन्नकोटी बनबाटिका, सैनामैना पर्यटकिय क्षेत्र, पाल्पाको तानसेन (रानिमहल, श्रीनगर) तालपोखरा रम्भादेबी मन्दिर पर्यटन क्षेत्र अर्घाखाचिबाट  सुपा देउराली मन्दिर र पाणिनी तपोभुमी, गुल्मिका सत्यबती पर्यटन तथा धार्मिक क्षेत्र, रेसुङ्गा तपोभुमी, रुरु क्षेत्र र भगबती मन्दिर पर्यटकिय क्षेत्र पर्न सफल भएका छन । यी स्थानहरु नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्न योग्य बनाइने भएको छ । सम्भावना हुँद हुँदै पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन गर्न योजना ल्याईएको हो ।
 

प्रतिकृया दिनुहोस