भ्रष्टाचारको आरोपमा घाना फुटबल संघका पूर्व अध्यक्षमाथि आजिवन प्रतिबन्ध

  कात्तिक १४
घाना फुटबल संघका पूर्व अध्यक्ष क्वेसी न्यान्ताकीलाई फिफाले आजिवन प्रतिबन्ध लगाएको छ । अफ्रिकन फुटबलका शक्तिशाली ब्यक्तित्व न्यान्ताकीलाई घुस लिएको र भ्रष्टाचार गरेको भन्दै अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएको हो । उनी अफ्रिकन फुटबल महासंघका उपाध्यक्ष र फिफा काउन्सिलका सदस्यपनि थिए । बीबीसीको अनुसन्धान विभागको टोलीले दिएको ६५ हजार पाउण्ड लिएपछि उनको आचरणको विषयमा फिफाले अनुशन्धान गरेको थियो । फिफाले उनलाई पाँच लाख अमेरिकी डलर जरिवाना समेत गराएको छ । यसअघि गएको जुनमा उपहारका रुपमा नगद लिएको भिडियो सार्वजनिक भएपछि उनले घाना फुटबल संघबाट राजिनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस