कांग्रेस महासमिति बैठकको तयारी तीव्र


१३ कात्तिक, काठमाडौं । 
नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीव्र बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा बैठक आयोजना गर्ने निर्णय गरेको उसले मञ्च तथा प्रचार प्रसार, भोजन, स्वयंसेवक र स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनाएको छ । मंगलबार बसेको बैठकले भक्तपुरका सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन उपसमिति बनाएको छ ।

यस्तै, काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति बनेको छ । ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र भक्तपुरका सचिव निशान ढुंगेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनेको छ । आर्थिक व्यवस्थापन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिलाई जिम्मा दिने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस