प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार


  कात्तिक १३ काठमाडौं –

छातीमा सङ्क्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीको एक्स रे र रगत परीक्षण गरी अस्पतालले बिहान १० बजे ओलीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । रगतको परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको र यही अवस्था रहे अब दुई तीन दिनमा नै प्रधानमन्त्री ओलीलाई बालुवाटार पठाउने उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिनुभयो ।

धपेडी र आरामको कमीले प्रधानमन्त्री अस्वस्थ हुनुभएको यसअघि नै डाक्टरहरुले बताएका छन् । दसैँको बेला टीकाटालो र भेटघाटमा बढी नै व्यस्त हुनुभएकाले उहाँलाई संक्रमण देखिएको हो ।डाक्टरहरुले भेटघाट कम गर्न र पर्याप्त आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले पहिलेजस्तै भेटघाटलाई निरन्तरता दिनुभएको थियो । राति पनि कम सुत्नुहुन्थ्यो । मौसमी रुघाखोकीले समेत असर गरेपछि शुक्रबारदेखि उहाँको स्वास्थ्य कमजोर बन्दै गएको हो ।

प्रतिकृया दिनुहोस