जय किशनले घोषणा गरे ‘हिरो नम्बर १’, नयाँ वर्षमा प्रदर्शन हुने


  कात्तिक १३ काठमाडौं –

नेपाली चलचित्र क्षेत्रमा निरन्तर निर्माण र अभिनयमा सक्रिय रहेका नायक तथा निर्माता जय किशन बस्नेतले नयाँ चलचित्रको घोषणा गरेका छन् । दसैँ सकिनासाथ छायांकन सुरु गर्ने गरी उनले घोषणा गरेको चलचित्रको नाम हिरो नम्बर १ राखेका छन् । 

जय किशन बस्नेत फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा को–को कलाकार हुने भन्ने विषयमा केही नबताइए पनि टंक बुढाथोकीको संगीत, एनबी महर्जनको द्वन्द्व, जीवन श्रेष्ठको छायांकन, शिव विकको नृत्य तथा लेखन र निर्माण जय किशन बस्नेत स्वयमको रहने छ । आगामी नयाँवर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याइने चलचित्र हिरो नम्बर मल्टिप्लेक्स हलको योजनामा निर्माण हुन लागेको हो । गरेका नायक बस्नेतले हिरो नम्बर १ को निर्देशनको जिम्मेवारी भने धूम ३ को सम्पादन गरेका तुलसी बाँस्कोटालाई दिएका छन् ।

प्रतिकृया दिनुहोस