युवालाई देश निर्माणमा लगाउनुको विकल्प नभएको : मन्त्री बराल 


बुटवल ।कार्तिक १२-
राष्ट्रिय युवा परिषदले बुटवलमा दुई दिने अभिमुखिकरण तथा कार्ययोजना निर्माण गोष्ठी सम्पन्न गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालय र स्थानीय तहका युवा क्षेत्र हेर्ने शाखा प्रमुखहरूको लागि २०७५÷०७६ को वार्षिक कार्यक्रम अन्तरगर्त गोष्ठी गरिएको हो ।गोष्ठीमा गण्डकी प्रदेश, प्रदेश नम्बर पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका युवा शाखाका ५५ जनाको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, परिषदका सहचिव नारायणप्रसाद श्रेष्ठ र उपसचिव कर्णबहादुर भुवाजीले गर्नु भएको थियो । तालीमको समापनको अवसरमा बोल्दै प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवालाई देश निर्माणमा लगाउनुको विकल्प नभएको बताउनुभयो । उहाले मुलुक विकासको महत्वपूर्ण आधार युवालाई नेपालमा स्वरोजगारका अवसरहरू सृजना गर्नुपर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै बुटवल उपमहा नगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले समृद्ध नेपाल निर्माणका लागि स्वस्थ कर्मठ र उद्यमी युवाको देशमै उपयोग आवश्यक रहेको बताउनु भयो । युवा परिषद्का कार्यकारी प्रमुख रामकृष्ण श्रेष्ठले नेपाली युवाहरूलाई सवल प्रतिष्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी आधुनिक, न्यायपूर्ण र समृद्धि राष्ट्र बनाउनुपर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस