जितु नेपाल फेरि फर्किए सानो पर्दामा


 कात्तिक ११
कमेडी क्षेत्रका बादशाह मध्येका एक हुन हाँस्य कलाकार जितु नेपाल । सानो पर्दाका टेलिचलचित्रहरु विमान चालक, हिजो आजका कुरा, ट्वाक्क टुक्क हुँदै गिताञ्जली पछि उनले जिरे खुर्सानीमा फड्को मारे । नेपाल टेलिभिजनमा प्रसारण हुने हाँस्य टेलिचलचित्र जिरे खुर्सानीबाट उनी कलाकार, लेखक, निर्देशक मात्र बनेनन्, मुन्द्रेको नामले दर्शकको मन मस्तिष्कमा बस्न सफल भए । अहिले जिरे खुर्सानी बन्द भइसकेको छ । 

तर हाँस्य कलाकार जितु नेपाल भने दर्शकको नजरबाट टाढा भएका छैनन् । झन्डै ३ दर्जन चलचित्रको राष्ट्रिय कलाकार हुँदै उनी आफैँ कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ यतिबेला अत्याधिक सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्र छक्का पञ्जा ३ ले चलचित्र उद्योग नै तताइरहेका बेला उनी भने मुन्द्रे शोमार्फत सानो पर्दामा फर्किएका छन् । 

उनै जितु नेपाल अर्थात मुन्द्रेले अब नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम सुरु गर्दै छन् । उनले गर्न लागेको कार्यक्रमको नाम मुन्द्रेको कमेडी क्लब राखिएको छ । मुन्द्रेको कमेडी क्लब आउने १९ गतेबाट हरेक सोमबार राति ९ बजे प्रसारण हुन लगेको मुन्द्रेले बताए । उनले सुरु गर्न लागेको कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा अन्य हाँस्य कलाकारहरुको पनि सहभागिता रहने छ । कार्यक्रममा जितु नेपालसँगै दिपाश्री निरौला, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायत अन्य धेरै हाँस्य कलाकारहरुको जम्काभेट हुनेछ ।

प्रतिकृया दिनुहोस