बिहे मंसिरमा निर्देशक भट्टराई र अभिनेत्री प्रसाईंको


  कात्तिक ११,काठमाडौं –

यति बेला नायिका दीपिका प्रसाईं अभिनित चलचित्र छक्का पञ्जा ३ देशै भरका चलचित्र घरहरुमा लागि रहेको छ । केही समय अघि दीपिका प्रसाईंले चलचित्र युनिटलाई प्रमोसनका लागि समय नदिएका कुराले दीपिका चर्चामा थिइन् । धेरैले उनको आलोचना समेत गरेका थिए । चलचित्र छक्का पञ्जा ३ अत्याधिक सफलताका साथ लागिरहेको छ । पहिलेको चर्चा सेलाउन नपाउँदै यति बेला नायिका दीपिका प्रसाईको चर्चा चलचित्र नगरीमा उत्कर्षमा छ । निर्देशक दीवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेको कुरा बाहिरिए सँगै उनीहरुको चर्चा बाढेको हो । 

निर्देशक दीवाकर र नायिका दीपिका दुवैले एकै समयमा आ–आफ्नो आधिकारिक फेसबुकमा तस्बिर हालेका थिए । तस्बिरमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । निर्देशक दीवाकरले एक अर्काको तस्बिर सँगै प्रेमभाव झल्किने क्याप्सन पनि लेखेका छन् । उनले “र उनि मेरा लागि सँधै । समय समयमा म आफैँलाई चिमोट्ने गर्छु तिमीलाई पाएको मा । तिमी मेरो सपना थियौ पूरा भयौ ।” यता नायिका दीपिका प्रसाईंले पनि फेसबुकमा तस्बिर राख्दै लेखेकी छिन् ‘र उहाँ मेरो लागि सँधै  । 

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं प्रेममा रहेको कुरा बेला बेला सञ्चारमाध्यममा यस अघि नै आउने गरेका थियो । तर उनिहरुले अहिलेसम्म खुलाएका थिएनन् । हुन त दीपिकालाई चलचित्र नगरीमा ल्याउने दीवाकर नै भएको चर्चा पनि बेला बेलामा हुने गरेको छ । दीपिका प्रसाईंका अनुसार उनी चलचित्र क्षेत्रमा आउन अघि नै उनिहरुबीच चिनजान थियो । चिनजान पहिले बाट नै भएको भए पनि दीपिका र दीवाकर चलचित्र ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएको बुझिएको छ । उनीहरुले विवाह भने मंसिरमा गर्ने तयारी भएको बताइएको छ । दीवाकर भट्टराई निर्दे्शित नयाँ चलचित्र ‘क्याप्टेन’ शिवरात्रीको नजिक पारेर रिलिज हुने तयारीमा छ । उनले निर्देशन गरेको चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा रहेका छन् । 

प्रतिकृया दिनुहोस