नेकपा अध्यक्ष कट्टेलको चेतावनी-निर्वाचन आयोगविरुद्ध अदालत जाने


  कात्तिक १० काठमाडौं –

नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले कोष्ठ भित्रको नेकपालाई अधिकारीकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने चेतावनी दिनुभएको छ । रिपोर्टस क्लबको साक्षात्कारमा शनिबार अध्यक्ष कट्टेले निर्वाचन आयोगले नागरिकलाई भ्रममा पार्ने गरी कोष्ठ भित्रको नेकपालाई वैधानिकता दिएको टिप्पणी गर्नुभएको हो । सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णयलाई न्यायलयले पनि सही सावित गर्ने जान्दा जान्दै पनि गलत नजिरलाई स्थापित गराउन आफू अदालत जाने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकार यथास्थितिवादमा पतन भएको र बिर्सजनवादतर्फ उन्मुख भएकाले आफूहरु क्रान्तिकारी शक्तिसँगको एकतामा अघि बढ्ने बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेकाहरु नै बिर्सजनवादको बाटोमा पुगेको भन्दै उहाँले आफू भने कम्युनिष्ट आन्दोलनलाई जिवित राख्ने बाटोमा अघि बढ्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस