पबित्रा गाईवाटै अधिकृत


 

बिकास थापा,कपिलवस्तु कार्तिक ६

    परिश्रमीलाई पैसा कमाउन विदेश जानु पर्दैन गाउँमै काफी छ भन्ने उदाहरण बाणगंगा नगरपालिका ५ की पबित्रा खड्काले दिनु भएको छ । २८ बर्षिय खडकाले घरमा ८ वटा जर्सीगाई पालेर विदेशमा गएका व्यक्तिको भन्दा बढी आम्दानी गर्नुभएको छ ।

        सङघर्ष्शिल किसान पबित्रा कहाँ यतिखेर सानोतिनो समस्या लिएर ऋण सापटीकालागि स्थानीयहरु आउन थालेका छन् । गाउमा एक सङर्घ्शिल र उर्जा्शिल महिला भनेर पहिचान दिन खडका सफल हुनु भएको छ । पहिला पैसा नहँुदा आर्थिक अवस्था दयनीय थियो । अहिले यही दुध बेचेर राम्रै आम्दानी गरको छु उहाले भन्नुभयो ।

२०७३ सालमा गाउबाट गाई खरिद गररे पाल्न थाल्नु भएका उहाले हाल उन्नत जातका ८ वटा जर्सी गाई पालेर मासिक रुपमा ३० हजार भन्दा बढी आम्दानी लिदै आउनु भएको छ । खडकाले दैनिक २० लिटर भन्दा बढी दुध बेच्दै आएको बताउनु भयो । उहाले गाईपालनबाट मासिक रुपमा कमाउने आम्दानी एक अधिकृत स्तरको तलव सरह हो ।सानै उमेरमा बिवाह गर्नुभएकी २८ बर्षिया खडकाको १ श्रीमान , १ छोरी १ छोरा र सासु ससुरा घरमा हुनुहुँछ ।

       श्रीमान भुपेन्द्र बिगत ३ बर्ष अघि बैदेशिक रोजगारीको शिलशिला खाडी जानुभएको थियो तर खाडीमा भनेजस्तो काम र दाम नभएपछि १ बर्षमै स्वादेश फिर्ता हुनुभयो । स्वादेश फिर्ता भईसकेपछि श्रीमान र श्रीमतिको आपसी सहमतिमा गाई पाल्ने योजना भएको पबित्राका श्रीमान भुपेन्द्र खडका बताउनुहुन्छ । दुहुनो गाई पाली दुध बेच्न थालेपछि घर व्यवहार चलाउन धेरै सहज भएको उहाहरुको भनाई छ ।

घर अघिको करिब ३ कठ्ठा खेतमा उहाले गाईका लागि प्रशस्त रुपमा घास पनि रोप्नुभएको छ । गाईबाट भएको आम्दानीले छोरा छोरीलाई उहाले बाणंगंगा नगरपालिका वडा नम्बर ५ कोपवा रहको अन्नपुर्ण बिद्या मन्दिर बोर्डिङ स्कुलमा छोरीलाई कक्षा ४ मा र छोरालाई कक्षा २ मा पढाउनुभएको छ । पहिले देखी नै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने सपना राख्नुभएकी खडकाले गाईमार्फत आफनो सपना साकार भएका भएको बताउनुहुन्छ ।

       गाईपालन व्यवसाय सजिलो र बजारमा दुधको माग बढि रहेकोले आफु यो पेसा तर्फ आकर्षित भएको खडकाको भनाई छ । खडकाको यो पेसालाई उहाँको घर परिवारका सवै सदस्याहरुले हेरविचार गर्ने गर्दछन् । गाईको गोठ सफा गर्ने , दुध दुहुने, गाईलाई दाना पानी खुवाउने काममा सवै मिलेर गर्ने गरेका छन । पबित्राका ससुराले बुहारीले गरेको ब्यावसाय प्रति एकदमै खुसी हुदे सबैले सात दिउको वताउनु भयो  ।

पबित्राले गाईको दुधलाई कोपवा बजारका लागि बिक्री गर्दै आउनुभएको छ । उहालाई बजारसमक्ष धाउनुपर्ने अवस्था पनि छैन किनकी उहाको घरमै आएर दुध खरिद गर्ने गरेका छन । सरकारले पनि हामी जस्ता महिला दिदि बहिनी र दाजुभाईले गरको ब्यावसायमा अलि बढी ध्यान र अनुदान दिए ब्यवसायलाई अझै फस्टाउन्थ्यौ भन्दै उहाले सरोकारवाला समक्ष सघाउन माग गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस